images

सोमवार, बैशाख १७ गते २०८१

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

images
images
images
बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    बुटवल, ४ माघ ।  
    रुपन्देहीको बुटवलमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८० सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार सुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका छन् ।

    images

    प्रतियोगिताको उद्घाटन गर्दै उनले बुटवलबाट राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा नगरले पर्याप्त लगानी गर्ने बताए । उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताप्रतिको आकर्षण र बुटवलमा विद्यालयस्तरबाटै खेलाडी उत्पादनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने बताए । उनले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने र खेलबाटै जीविकोपार्जन गर्न सक्ने गरी जनशक्ति उत्पादन हुने बताए ।

    उनले विद्यालयहरुलाई खेलाडी उत्पादनमा उपमहानगरपालिकाले पर्याप्त सहयोग गर्ने बताउँदै त्यसका लागि विधागत रुपमा खेल क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन उनले आग्रह गरे ।

    उनले बुटवल शिक्षामा अब्बल नगर रहेको र सोहीअनुसार खेल क्षेत्रमा पनि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमै ख्याति कमाउन सक्ने गरी विकास गर्ने योजना अगाडि बढाएको बताए । प्रमुख पाण्डेयले राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रियस्तरमा उपाधि हासिल गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेर प्रोत्साहन गर्ने बताए ।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले खेल क्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने र सोहीअनुसारको वातावरण तयार गर्ने काममा नगरले पर्याप्त चासो र लगानी गरेको बताइन् । उनले रनिङ शिल्डलाई अवसरको रुपमा लिदै खेलाडी उत्पादनमा विशेष चासो दिन विद्यालयहरुलाई आग्रह गरिन् ।

    नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले ३ दिनसम्म चल्ने प्रतियोगितामा १७ विधाका ५४ खेलमा १ हजार ४२२ विद्यार्थीले भाग लिने बताए । प्रतियोगितामा १८ वर्ष भन्दा मुनीका विद्यार्थीले भाग लिएको र सबै खेलाडीहरुको बीमाको समेत व्यवस्था गरिएको उनले बताए ।

    प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १७ हजार ५ सय र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले जानकारी दिए । उनले सबै खेलाडीहरुको १ महिनाको दुर्घटना बीमा गरिएको जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १७ हजार ५ सय र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताए ।  

    प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन् । प्रतियोगिता सञ्चालनका लागि ५७ सदस्यीय मूल समिति, खेल विधाका समिति र १० वटा अन्य विधाका समितिहरु बनाइएको सचिव प्रेम बस्नेतले बताए ।

    कार्यक्रममा प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललगायतले बोल्दै खेल क्षेत्रको विकासमा नगरले गरेको कार्यक्रम प्रभावशाली रहेको बताए ।   

    प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन् ।

    त्यस्तै मार्चपासमा सहभागी भइ उत्कृष्ट हुने पहिलोलाई १० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि बुटवल उपमहानगरले २० लाख र संघ सरकारको सशर्त अनुदानबापतको १ लाख गरी २१ लाख बजेट रहेको छ । 

    प्रतियोगिताको उद्घाटनमा मार्चपाससहितको र्यालीको मूल्याङ्कनको आधारमा  प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार ५ हजार र २ हजार ५ सय पुरस्कार प्रदान गरिने नगर खेलकुद विकास समितिका सचिव प्रेम बस्नेतले जानकारी दिए ।

    गत वर्षको रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माविले जितेको थियो । प्रतियोगितामा नवीन औद्योगिक माध्यमिक विद्यालय दोस्रो र न्यू होराइजन माध्यमिक विद्यालय तेस्रो भएका थिए । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij