images

सोमवार, बैशाख १७ गते २०८१

प्रधानमन्त्री कप : कर्णालीको दोस्रो जीत, लुम्बिनीको दोस्रो हार

प्रधानमन्त्री कप : कर्णालीको दोस्रो जीत, लुम्बिनीको दोस्रो हार

images
images
images
बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • प्रधानमन्त्री कप : कर्णालीको दोस्रो जीत, लुम्बिनीको दोस्रो हार

    भैरहवा, ३ माघ ।
    घरेलु टीम लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जीत निकालेको छ ।  तीन खेल खेलेको कर्णालीले २ मा जीत र एकमा हार व्यहोरेको छ भने लुम्बिनीले दुई खेलमा हार व्यहोर्दा एकमा जीत निकालेको छ ।

    images

    बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले मौसमका कारण छोट्याइएको निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ८४ रनको मध्यमस्तरको योगफल बनाएको थियो ।

    कर्णालीका लागि अलराउण्डर दिनेश अधिकारीले ५९ बलमा अविजित सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । उनले ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कर्णालीका लागि दीपेन्द्र रावतले ४७, हिमान्शु शाहीले २५ र ओपनर रवीन्द्र शाहीले ११ रन बनाए पनि अन्य कुनै ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । यद्यपि जीतका लागि उनीहरुको योगदान पर्याप्त भयो । बलिङमा लुम्बिनीका निर्मल गुरुङ र अभिषेक गौतमले समान ३–३ विकेट लिँदा मोहम्मद हुसेन, कृष्ण कार्की र अजय चौहानले १–१ विकेट लिए ।

    १८५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको लुम्बिनी प्रदेश ४१ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय २४ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न ६ ओभर बलिङ गरेका कर्णालीका दिनेश अधिकारीले १ मेर्डन राखेर १८ रन खर्चंदै ३ विकेट लिए । यस्तै, अनुज चनारा र दीपेन्द्र रावतले समान २–२ तथा दिवान पुनले १ विकेट लिए ।
    लुम्बिनीका लागि ७७ बलको सामना गरेका कृष्ण कार्कीले ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ४७ रन बनाए । यस्तै, मिर्नाल गुरुङले २२ रन बनाउँदा मोहम्मद हुसेन र निर्मल गुरुङले समान १० रन जोडे । 

    कप्तान सुशान्त थापा १ रनमै पेभेलियन फर्किए । सुरुका ब्याट्सम्यानले नै दोहोरो रन बटुल्न नसक्दा लुम्बिनी घरेलु मैदानमा नै हार व्यहोर्न पुग्यो । खेलमा कर्णालीका दिनेश अधिकारी प्लेयर अफ द म्याच भए । लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा सुदूरपश्चिमसँग ५ विकेटले पराजित भएको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij