
बुधवार , माघ ३, २०८०
भैरहवा, ३ माघ । गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेकी बिष्णु घर्ती (मनिषा) ले एकै वर्षमा पाँच लोक सेवा उत्तीर्ण गरेकी छन् । २३ वर्षिय घर्ती १० महिनाको अवधिमा पाँच लोकसेवा उत्तीर्ण गरेकी हुन्।
स्टाफ नर्स प्राविधिक शिक्षा तथा बुटवल कालिका क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेकी घर्तीले विभिन्न प्रदेशबाट लिएको परिक्षामा उत्तीर्ण भएकी हुन् । कोशी प्रदेश लोक सेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पब्लिक हेल्थ नर्सिङ समूहको सहायक चौथो तहमा नाम निकालेपछि उनि ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका सिफारिस भएकी हुन् ।
त्यसपछि उनले लुम्बिनी प्रदेश लोकसेवा आयोगले लिएका प्रदेश निजामती सेवाअन्तर्गत प्रदेश स्तरीय स्वास्थ सेवाअन्तर्गत पब्लिक हेल्थ नर्सिङ समूहको सहायक चौथो तह समेत उत्तीर्ण गरिन् । आपनो प्रयासमा उनी निरन्तर लागिरहिन् र एकपछि अर्को गदै उनले आयोगका परीक्षामा उत्तीर्ण हुँदै गइन् र कहिल्यै पछि हटिन्न् ।
त्यसलगतै उनले लुम्बिनी प्रदेश लोकसेवा आयोग, प्रदेश निजामती सेवाअन्तर्गत स्थानीय स्तरीयको स्वास्थ सेवा पब्लिक हेल्थ नर्सिङ समूह सहायक चौथो तह, बागमती प्रदेश लोकसेवा आयोगले लिएको स्वास्थ्य सेवातर्फको जनरल नर्सिङ समूह पाँचौ तह, संघीय लोक सेवा आयोग केन्द्रिय कार्यालय काठमाडौंले लिएको स्वास्थ्य सेवातर्फको प्राविधिक नर्सिङ समूह अन्तर्गत पाँचौ तहमा उत्तीर्ण गदै आफनो प्रयासमा सफल भइन् ।
एकै वर्षमा पाँच लोक सेवा उत्तीर्ण भएको सुनेर उनका बुवा तारा बहादुर घर्ती क्षेत्री र आमा सीता घर्ती क्षेत्री निकै खुसी भएका थिए । अहिले उनी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा नर्सिङ पाँचौ तहमा कार्यरत छिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij