२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

उद्योग व्यापार संगठन रुपन्देहीद्वारा कम्बल वितरण

बुधवार , माघ ३, २०८०

  • 982
    Shares
  • 982
    Shares
  • भैरहवा, ३ माघ ।
    चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन) सिद्धार्थनगर–९ उदयपुर, रुपन्देहीले कम्बल वितरण गरेको छ ।  रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित बालापुर र सिद्धार्थनगर नगरपालिकाभित्र गरी ७५ जनालाई कम्बल वितरण गरिएको महासचिव लक्ष्मी अधिकारीले बताइन् ।

    चिसोबाट प्रभावित व्यक्तित्वहरुलाई लक्षित गर्दै उहाँहरुको घरमै पुगेर र रातको समयमा सडकपेटीमा सुतेका व्यक्तिहरुलाई कम्बल वितरण गरिएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए ।

    उद्योगी-व्यवसायीको हकहितसँगै संगठनले सामाजिक उत्तरदायित्वका कार्यहरुलाई पनि निरन्तरता दिएको कार्यसमिति सदस्य तथा कम्बल वितरण कार्यक्रम सिकन्दर अली धुनियाले बताए ।

    WhatsApp Image 2024-01-17 at 9.06.47 AM.jpeg
    WhatsApp Image 2024-01-17 at 9.06.46 AM.jpeg