images
images

आइतवार, जेठ ६ गते २०८१

तिलोत्तमाले शिक्षा क्षेत्रको विकासमा जोड दिएको छ : नगरप्रमुख खाण

तिलोत्तमाले शिक्षा क्षेत्रको विकासमा जोड दिएको छ : नगरप्रमुख खाण

images
images
images
मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • तिलोत्तमाले शिक्षा क्षेत्रको विकासमा जोड दिएको छ : नगरप्रमुख खाण

    तिलोत्तमा, २ माघ ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाणले तिलोत्तमा नगरपालिकालाई शिक्षा क्षेत्रको हबका रूपमा विकास गर्ने बताएका छन् ।

    images
    images
    images

    श्री दुर्गा माध्यमिक विद्यालय तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरको ३५ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै उनले  सबै बालबालिकाले  पढ्न पाउनुपर्ने नैसर्गिक अधिकार भएको उल्लेख गर्दै नगरपालिकाले शिक्षा क्षेत्रको विकासमा जोड दिएको बताए ।

    उनले शिक्षाका क्षेत्रमा भएका उपलब्धीहरूलाई नकार्न नहुने उल्लेख गर्दै युवाहरूलाई दिग्भ्रमित पार्नेहरूबाट सचेत र सजग रहनुपर्ने बताए । 

    विशिष्ट अतिथि नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले शिक्षा क्षेत्रको विकासका लागि थप प्रयत्नशील हुनुपर्ने बताइन् । उनले नगरपालिकासँग पर्याप्त स्रोतसाधन नहुँदा शिक्षा क्षेत्रमा सोचेअनुरूप उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै संघीय सरकारले शिक्षामा थप लगानी बढाउनुपर्ने उल्लेख गरे ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्ता खरेलको अध्यक्षता तथा विद्यालयका सहायक प्रधानाध्यापक सुमित्रा सुवेदीको स्वागतमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नेत्र बहादुर केसीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    विद्यालयका शिक्षक निलप्रसाद पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयमा वार्षिकरूपमा आयोजित विभिन्न प्रतियोगिताका उत्कृष्ट विद्यार्थी, कक्षागत रूपमा उत्कृष्ट विद्यार्थीहरू र उत्कृष्ट कक्षा शिक्षकलाई पुरस्कृत गरिएको थियो ।

    त्यस्तै श्यामलाल खरेल उत्कृष्ट शिक्षक अक्षयकोषबाट प्रावि, निमावि र प्रावि तहमा उत्कृष्ट शिक्षकहरूलाई नगद र सम्मान–पत्रले सम्मानित गरिएको थियो । 

    विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिहरूलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको कार्यक्रममा विद्यालयका सल्लाहकार श्यामलाल खरेल, पूर्वअध्यक्ष टीकाराम पाण्डे, तिनपा वडा नम्बर १४ का अध्यक्ष आश्विन पौडेल, नगर कार्यपालिका सदस्य रवि सेन्चुरी, पशुपति कलेजका प्रमुख जित बहादुर रास्कोटी, टिकुलीगढ माविका अध्यक्ष फुलपति कंडेल, बाउन्नकोटी सामूदायिक वनका अध्यक्ष लिल बहादुर क्षेत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । यसैबीच नगर प्रमुख खाणले नगरपालिकाले सहयोग गरेको बस सेडको समेत रिबन काटेर उद्घाटन गरेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij