२०८३, बैशाख २४ गते

May 07 2026 | २०८३, बैशाख २४ गते

अयोध्याको राम मन्दिरमा प्राणप्रतिष्ठा

सनातन हिन्दू धर्म संस्कृति संरक्षण अभियान रुपन्देहीले विभिन्न कार्यक्रम गर्दै

मंगलवार , माघ २, २०८०

  • 904
    Shares
  • 904
    Shares
  • भैरहवा, २ माघ ।

    भारतको अयोध्यास्थित नवनिर्मित श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा आगामी २०२४ जनवरी २२ तारिख (माघ ८ गते) हुँदैछ । उक्त दिनको अवसर पारेर सनातन हिन्दू धर्म संस्कृति संरक्षण अभियान रुपन्देहीले विभिन्न कार्यक्रम गर्ने भएको छ ।

    विश्वभरीका सनातन हिन्दू धर्म अनुयायीहरु आराध्य देव भगवान श्रीराम चन्द्रको पावन जन्मभूमि अयोध्यास्थित राममन्दिरमा हुने मूर्ति प्राण प्रतिष्ठा उत्सवको रुपमा मनाउन विभिन्न कार्यक्रम गर्न लागिएको अभियान रुपन्देहीका अध्यक्ष चन्द्रभान तिवारीले बताए । श्रीराम र सीताको मूर्ति प्राण प्रतिष्ठा गरिने खुसीयालीमा भैरहवामा पनि उत्सवको रुपमा मनाइने तिवारीले जानकारी दिए । कार्यक्रम सफलतापूवर्क सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएको उनले बताए ।

    अभियानकी जिल्ला सचिव तथा कार्यक्रम संयोजक पुनम जयसवालका अनुसार अयोध्याबाट आएको अक्षता २०८० माघ ४ र ५ गते भैरहवाको मिलनचोकमा (पवन मिष्ठान भण्डार) अगाडि वितरण गर्ने कार्यक्रम रहेको छ ।त्यस्तै माघ ८ गते सोमबार बिहान साढे ११ बजे झाँकी, र्याली तथा शोभायात्रा निकालिने उनले बताइन् ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित सुगरमिल (दुर्गा मन्दिर)बाट निकालिने शोभा यात्रा गल्लामण्डी, नारायणपथ, बुद्धचोक, देवकोटा चोक बैंकरोड हुँदै पुनः दुर्गामन्दिरमा आएर समापन हुने बताइन् । त्यस्तै माघ ८ गते सोमबार साँझ बेलहियामा दीप प्रज्जवलन गरिने कार्यक्रम रहेको जयसवालले जानकारी दिइन् । सोही दिन दुर्गामन्दिरमा साँझ भजनकिर्तन कार्यक्रम रहेको उनको भनाइ छ । ‘यहाँका सम्पूर्ण मन्दिरमा दीप प्रज्जवल गर्न आग्रह गरिएको छ, ’उनले भनिन् ।

    सनातन हिन्दू धर्म संस्कृति संरक्षण अभियान रुपन्देहीका सदस्य गोपाल उपाध्यायले श्रीराम जन्मभूमि अयोध्याबाट निमन्त्रणा र अक्षेता प्राप्त भएको बताए । उनले माघ ८ गते हुने रुपन्देहीको भैरहवामा आयोजना गरिने वृहत शोभा यात्रामा सहभागी हुन सबैलाई आग्रह गरे । उनले आ–आफ्नोतर्फबाट दीप दीप प्रज्ज्वलन गर्न सकिने बताए ।  शोभा यात्रा व्यवस्थापनको जिम्मेवारी गोपाल उपाध्याय र शशिकान्त उपाध्यायलाई दिइएको सनातन हिन्दू धर्म संस्कृति संरक्षण अभियानले जनाएको छ ।

    यस अघि पुस २९ गते अयोध्याबाट आएको अक्षता हनुमान मन्दिर (सुनौली बोर्डर) बाट ग्रहण गरिसकिएको अभियानले जनाएको छ ।