images

सोमवार, बैशाख १७ गते २०८१

बुटवलमा माघ ४ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बुटवलमा माघ ४ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

images
images
images
मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • बुटवलमा माघ ४ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

    बुटवल, २ माघ ।  
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० माघ ४ गतेदेखि सुरु गर्ने भएको छ । उपमहानगरपालिकाको खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको बताएको छ । 

    images

    यस वर्ष सामुदायिकतर्फ २१ र संस्थागततर्फ २१ गरी ४२ वटा टीम विभिन्न विधाका खेलाडी सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष सहभागी हुने टीमको संख्या बढेको छ । उनले सबै खेलाडीहरुको १ महिनाको दुर्घटना बीमा गरिएको जानकारी दिए । 

    ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १७ विधाका ५४ खेलमा  ३५० विद्यार्थीले भाग लिने अध्यक्ष पियाले बताए । प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिन पाउने र खेलाडीहरुको बीमाको समेत व्यवस्था गरिएको उनले बताए । 

    प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन् ।

    प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १७ हजार ५ सय र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताए । 

    प्रतियोगिता सञ्चालनका लागि ५७ सदस्यीय मूल समिति, खेल विधाका समिति र १० वटा अन्य विधाका समितिहरु बनाइएको छ । 

    त्यस्तै मार्चपासमा सहभागी भइ उत्कृष्ट हुने पहिलोलाई १० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि बुटवल उपमहानगरले २० लाख र संघ सरकारको सशर्त अनुदानबापतको १ लाख गरी २१ लाख बजेट रहेको छ ।  

    कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले उत्कृष्ट रुपमा प्रतियोगिता सञ्चालनका लागि निर्देशन दिए । उनले विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्नको लागि प्रतियोगिता अवसर रहेको बताउँदै प्रतियोगितालाई नियमसंगत अनुशासन ढंगले सञ्चालन गर्दै राष्ट्रिय प्रतियोगितासरह बनाउन आग्रह गरे । उनले बुटवलले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताउँदै छिटै नै विद्यालयस्तरबाट खेलाडी उत्पादनका लागि फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

    उनले खेलमैदान निर्माणलाई पनि विशेष जोड दिएको बताए। प्रतियोगिताको उद्घाटनमा मार्चपाससहितको र्यालीको मूल्यांकनको आधारमा  प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार ५ हजार र २५ सय पुरस्कार प्रदान गरिने नगर खेलकुद विकास समितिका सचिव प्रेम बस्नेतले जानकारी दिए । प्रतियोगिता माघ ४ गते बिहीबार बिहान ११ बजेदेखि बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सुरु हुने उनले बताए । 

    गत वर्षको रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माध्यमिक विद्यालयले जितेको थियो ।प्रतियोगितामा नवीन औद्योगिक माध्यमिक विद्यालय दोस्रो र न्यू होराइजन माध्यमिक विद्यालय तेस्रो भएका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij