images

सोमवार, बैशाख १७ गते २०८१

प्रधानमन्त्री कप : तीन खेलाडीको अर्धशतकमा सुदूरपश्चिमको दोस्रो जीत

प्रधानमन्त्री कप : तीन खेलाडीको अर्धशतकमा सुदूरपश्चिमको दोस्रो जीत

images
images
images
मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • प्रधानमन्त्री कप : तीन खेलाडीको अर्धशतकमा सुदूरपश्चिमको दोस्रो जीत

    भैरहवा, २ माघ ।
    दुई ओपनर र मध्यक्रमका एकसहित तीन खेलाडीको अर्धशतकको सहयोगमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई १ सय ४३ रनको फराकिलो अन्तरले पराजित गर्दै जीत निकालेको छ । सुदूरपश्चिमको यो लगातार दोस्रो जीत हो भने कर्णालीको यो पहिलो हार हो ।

    images

    रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा मंगलबार टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रनको बलियो योगफल बनाएको थियो । उसका लागि ओपनर खडक बोहराले सर्वाधिक ८० रनको पारी खेले । १ सय १४ बलको सामना गरेका उनले ६ चौका प्रहार गरेका थिए ।  त्यस्तै अर्का ओपनर टेक रावतले ९१ बलमा ७ चौकासहित ५९ रन जोड्न सफल भए ।

    सुदूरपश्चिमको सानदार इनिङ्समा पहिलो विकेटका लागि खडक र टेकले २८ ओभरमा १ सय ३८ रनको शतकीय साझेदारी गरेका थिए । उनीहरुले प्रधानमन्त्री कप क्रिकेट इतिहासकै ओपनरको रुपमा सर्वाधिक साझेदारी गर्ने कीर्तिमान समेत कायम गरे । यसअघि २०१९ मा आर्मीका राजु रिजाल र हरिकृष्ण झाले कर्णालीविरुद्ध १ सय ३२ रनको ओपनिङ साझेदारीको कीर्तिमान बनाएका थिए ।

    त्यसै गरी सुदूरपश्चिमका नारायण जोशी र किरण ठगुन्नाले तल्लोक्रममा विष्फोटक पारी खेले । किरणले ३३ बलमा ५ चौका र २ छक्कासहित ५० रन जोड्दा जोशीले १२ बलमा १ चौका र ३ छक्कासहित ३१ रन बनाए । राजु रिजालले १९ र नरेश भट्टले १५ रनमा बनाए । कर्णालीका दीनेश अधिकारी, युनिस सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले समान १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको कर्णाली ३७ दशमलब २ ओभरमा अलआउट हुँदै १ सय ४३ रनमै समेटियो । उसलाई सस्तैमा रोक्ने सुदूरपश्चिमका शेर मल्लले १० ओभर बलिङ गर्दै ३५ रन खर्चेर ४ विकेट लिए । त्यस्तै विकास आगरीले २, नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले समान १–१ विकेट लिए । कर्णालीका दिवान पुनले ३८, अर्जुन घर्तीले २४, दिनेश अधिकारीले २० र हिमान्शु शाहीले १७ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सुदूरपश्चिमका खडक बोहरा प्लेयर अफ द म्याच भए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij