images

सोमवार, बैशाख १७ गते २०८१

प्रधानमन्त्री कप : सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

प्रधानमन्त्री कप : सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

images
images
images
सोमवार, माघ १ २०८०
सोमवार, माघ १ २०८०
  • प्रधानमन्त्री कप : सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

    भैरहवा, १ माघ ।
    प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नारायण जोशीको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेको छ । सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले ५ विकेटले जीत निकालेको हो । जीतका लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९ दशमलब ३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

    images

    सुदूरपश्चिमको जीतमा शेर मल्लले ४४ बलमा ४ चौका र २ छक्कासहित ४२ रनमा अविजित रहे । त्यस्तै नारायण जोशी ३० बलमा ४ चौकासहित २८ रनमा नटआउट रहे । सुदूरपश्चिमका ओपनर खड्क बोहरा २१, टेक रावत १८, नरेन भट्ट १२ र किरन ठगुन्ना १६ रनमा पेभेलियन फर्किए । बलिङमा लुम्बिनीका अभिषेक गौतमले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिँदा कृष्ण कार्की र अजय चौहानको नाममा समान १–१ विकेट रह्यो ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लुम्बिनी प्रदेशले ४८ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५८ रनमा समेटिएको थियो । लुम्बिनीका प्रज्वल थापाले ६८ बलमा ४ चौकासहित सर्वाधिक ४२ रन बनाए पनि अन्य कुनै पनि ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् । ओपनर विराट भण्डारी २३, सम्राट भुुसाल ९, मिर्नाल गुरुङ १४, मोहम्मद हुसेन २६ र दिलसाद अली १० रनमा आउट भए ।

    सुदूरपश्चिमका नारायण जोशीले ९.४ ओभरमा १ मेर्डनसहित ३६ रन खर्चेर ३ विकेट लिए । भोजराज भट्ट र नरेन साउदले समान २–२ विकेट लिए । नारायण जोशी प्लेयर अफ दी म्याच भए । लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको थियो । सुदूरपश्चिको भने यो पहिलो खेल र जीत हो । सुदूरपश्चिमले मंगलबार कर्णाली प्रदेशसँग खेल्नेछ । लुम्बिनीले बुधबार कर्णालीसँग खेल्नेछ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij