
सोमवार , माघ १, २०८०
भैरहवा, १ माघ ।
आफ्नो जन्मदिनको अवसरमा मिलिजुली परिवारका अध्यक्ष माधव शर्माले विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरेका छन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ का शर्माले आइतबार श्री बेलहिया माध्यमिक विद्यालयका ३२ जना विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरेका हुन् ।
मिलिजुली परिवार एवं गणेशमान कृष्ण प्यारी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा जाडो मौसमलाई मध्यनजर गर्दै ट्रयाकसुट वितरण गरी जन्मदिन मनाइएको शर्माले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरका अध्यक्ष सुमन शर्मा, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका सभापति राकेश गुरुङलगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij