२०८३, बैशाख २४ गते

May 07 2026 | २०८३, बैशाख २४ गते

बुद्ध सामुदायिक सेवा समाजद्वारा कम्बल वितरण

सोमवार , माघ १, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १ माघ ।
    बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्र सिद्धार्थनगर वडा नम्बर ४, ६, १० र ११, रुपन्देहीले वृद्ध तथा असहायहरुलाई सोमबार कम्बल वितरण गरेको छ । प्रत्येक वर्ष संस्थाले माघे संक्रान्तिको दिन कम्बल वितरण गर्दै आएको बुद्ध सामुदायिक सेवा समाजका अध्यक्ष श्रीचन्द जयसवालले बताए । उनले सोमबार भएको कार्यक्रममा १ सयजनालाई कम्बल वितरण गरिएको जानकारी दिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले जाडो मौसमलाई मध्यनजर गर्दै कम्बल वितरण गर्नु राम्रो कार्य भएको बताए ।

    कार्यक्रममा बुद्ध सामुदायिक सेवा समाजका सल्लाहकार तथा श्रीराम जानकी हनुमान मन्दिर समिति सिद्धार्थनगर–४ का अध्यक्ष नरेन्द्र प्रसाद रौनियार, संस्थाका कानूनी सल्लाहकार दिलिप कुमार मल्लिक, सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), सिद्धार्थनगर–६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, हिमाली सामुदायिक सेवा केन्द्रका अध्यक्ष सुरेन्द्र जंग थापालगायतले बोलेका थिए ।

    बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्र सिद्धार्थनगर वडा नम्बर ४, ६, १० र ११ का अध्यक्ष श्रीचन्द जयसवालको अध्यक्षता, कार्यक्रम संयोजक एवं सेवा केन्द्रका सह–कोषाध्यक्ष रविकान्त गिरीको स्वागत तथा सचिव केदार प्रसाद कुर्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।