
सोमवार , माघ १, २०८०
काठमाडौं, १ माघ । सरकारले मेलम्चीको खानेपानी काठमाडौंवासीलाई पुनः उपलब्ध गराउन शुरु गरेको छ ।
सोमवार प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा खानेपानीको धारा खोलेर उद्घाटन गरेका हुन्। उपभोक्ताको घरमा पानी पहिला नै पथान्तरण गरिसकिएको छ। कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले मेलम्चीको पानीको।
दिगोपनाका लागि काम गर्न आग्रह गरे। उनले आयोजनाहरु बनाउने, उद्घाटन गर्ने र केही समयपछि बन्द गर्नुभन्दा दिगोपनामा जोड दिन आग्रह गरे।
उनले भने, ‘यो पानी सधैँ आओस्।
दिगोपनाका लागि हार्दिक शुभकामना दिन्छु। हामीले जहिले पनि आयोजनाहरु बनाउँछौँ, उद्घाटन गर्छौं, पानी आउँछ, केही समयपछि दिगोपनामा फेरि शंका उत्पन्न हुन्छ, यसलाई शिक्षाको रुपमा लिइ विगत दुई वर्षदेखिको कुरालाई शिक्षाको रुपमा लिइ तत्काल मर्मतसम्भार गर्न एउटा कार्ययोजना नै बनाएर जानसके कुनैपनि आयोजनाको उपलब्धि र प्रभाव दिगो हुन्छ ।’
मुख्यसचिव अर्यालले विगतका कमजोरीलाई शिक्षाको रुपमा लिइ तत्काल मर्मतसम्भार गर्न एउटा कार्ययोजना नै जानसके कुनैपनि आयोजनाको उपलब्धि र प्रभाव दिगो हुने बताए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij