
सोमवार , माघ १, २०८०
भैरहवा, १ माघ ।
नेपाली कांग्रेसको पूर्व महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय प्रतिनिधि नानु पौडेलको निधनमा कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले आइतबार शोकसभा गरेको छ । सिद्धार्थनगर नगरपालिका–९ निवासी सामाजिक तथा राजनैतिक व्यक्तित्व पौडेलको गत पुस १९ गते ८७ वर्षको उमेरमा काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो ।
शोक सभामा बोल्दै कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले महिलाको सहभागीतामा देशमा विभिन्न व्यवस्था परिवर्तन भएको बताए । उनले कांग्रेसको संगठन निर्माण, सम्बद्र्धन र विकासमा नेतृ पौडेलका ठूलो योगदान रहेको भन्दै उनको निधनले समग्र पार्टी पंक्तिलाई ठूलो क्षति पुर्याएको बताए ।
सो कार्यक्रममा रुपन्देही ३ (१) का सभापति सुरेन्द्रजंग थापा, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का सभापति श्याम सुन्दर खनाल लगायतले पौडेलले गरेका योगदानको बारेमा प्रकाश पारेका थिए ।
कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति तथा युवा नेता सुशील गुरुङको सभापतित्व तथा पार्टीका रुपन्देही जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कांग्रेस क्षेत्रीय सचिव लेखनाथ भट्टराईले कार्यक्रम सञ्चालनमा भएको कार्यक्रममा पार्टीका पूर्व जिल्ला सचिव हेमराज अर्याल, क्षेत्र नम्बर ३ का कोषाध्यक्ष कृष्ण खनाल, नगर सचिव अनिल के.सी., सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का सभापति मोहनसिंह शाही, वडा नम्बर ६ का सभापति रामबहादुर गुरुङ्ग, ७ का सभापति भविलाल पौडेल, ८ का सभापति टंक ज्ञवाली, १० का सभापति विजयनाथ धवल, ११ का सभापति केदारनाथ कुर्मी, १२ का सभापति हरिराज विष्ट, क्षेत्रीय सदस्य रुपमाया पुन, रामवृक्ष यादव, योगेन्द्रनाथ पाण्डे, प्रदेश प्रतिनिधि डिल्लीराज अधिकारी, सुष्मा राजकर्णिकार, महिला नेतृ पल्लवी न्यौपाने, प्रकृति उप्रेती, समाजसेवी रामचन्द्र उपाध्याय, चतुर्भुज रेग्मी, युवराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij