images

सोमवार, बैशाख १७ गते २०८१

प्रधानमन्त्री कप : कर्णाली प्रदेश ७ विकेटले विजयी

प्रधानमन्त्री कप : कर्णाली प्रदेश ७ विकेटले विजयी

images
images
images
आइतवार, पौष २९ २०८०
आइतवार, पौष २९ २०८०
  • प्रधानमन्त्री कप : कर्णाली प्रदेश ७ विकेटले विजयी

    भैरहवा, २९ पुस ।
    प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा आइतबार भएको खेलमा जीतका लागि गण्डकीले दिएको १२३ रनको लक्ष्य कर्णालीले ३३ दशमलब २ ओभरमा ७० बल बाँकी छँदै ३ विकेटको नोक्सानीमा १२६ रन बनाउँदै पूरा गर्यो ।

    images

    कर्णालीको जितमा हिमान्सु शाहीले ७१ बलमा ५३ रनको अर्धशतकीय पारी खेले । उनले ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै निश्चल रावलले अविजित २९, रवीन्द्र शाहीले २० र अर्जुन घर्तीले नटआउट १० रनको योगदान दिए । बलिङमा गण्डकीका अंकित न्यौपानेले २ तथा ९ ओभर बलिङ गरेका विपिन खत्रीले ७ मेर्डन राख्दै २ रन खर्चेर १ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रनको सामान्य योगफल बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले समान २१ रनको सर्वाधिक योगफल बनाए । अगाडिका पाँच ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा छैटौं नम्बरमा आएका ब्याट्सम्यान अश्वानी रानाले १६ र कप्तान विपिन खत्रीले १० रन मात्रै जोड्न सके । चन्द्र पौडेल १४ र अंकित न्यौपाने २ रनमा अविजित रहे ।

    कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान २२ विकेट लिए । यस्तै, प्रकाश जैशी, दिवान पुन र रवीन्द्र रावतले २–२ विकेट लिए । गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ । उसले शनिबार लुम्बिनी प्रदेशसँग ४ विकेटको हार भोगेको थियो । 

    प्रधानमन्त्री कपका लागि पहिलोपटक काठमाडौं बाहिर भैरहवाको सिद्धार्थ क्रिके रंगशालामा ११ वटा खेल हुँदैछन् । सोमबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij