२०८२, चैत्र १२ गते

Mar 26 2026 | २०८२, चैत्र १२ गते

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

शुक्रवार , पौष २७, २०८०

  • 868
    Shares
  • 868
    Shares
  • काठमाडौं, २७ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

    शुक्रवार राष्ट्रनिर्माता शाहको सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहति पुष्पगुच्छा अर्पण गरेका हुन् । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर उनले पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गरे ।

    पृथ्वी जयन्तीका  अवसरमा राजनीतिक दलहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यस दिनको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।