
बिहिवार , पौष २६, २०८०
रुपन्देही, २६ पुस ।
नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको अध्यक्षमा डा. कृष्ण खरेल निर्वाचित भएका छन् । खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति तीनवर्षे कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो ।
निर्वाचन समितिका संयोजक डा.श्रीधर आचार्यका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा डा. सन्दीप सुवेदी, उपाध्यक्षमा डा. वर्षा थापा, महासचिवमा डा. प्रकाश बस्नेत, कोषाध्यक्षमा डा. रमेश भट्टराई, सहसचिवमा डा. मोहनलाल तिवारी र सह–कोषाध्यक्षमा डा. अमित चतुर्वेदी सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा डा. रमेश अर्याल, डा. सरोज थापा, डा. मनिष विश्वकर्मा, डा. राजेन्द्र बस्याल, डा. सदीक्षा चापागाईं र डा. आकाश शाही निर्वाचित भएको उनले जानकारी दिए । संघको लुम्बिनी शाखामा ७०० चिकित्सक आबद्ध छन् । देशभरका ३५ हजार चिकित्सक संघमा आवद्ध छन् ।
नवनिर्वाचित अध्यक्ष डा. खरेलले चिकित्सा क्षेत्रमा कतिपय दुर्घटनालाई गलत ढंगबाट व्याख्या गर्ने प्रवृत्ति चिर्न जरुरी रहेको बताउँदै कानून बनाएर विकृति रोक्नेतर्फ सरकार लाग्नुपर्ने औंल्याए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij