२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

मानवअधिकार एलायन्स रुपन्देहीको अध्यक्षमा सापकोटा

बिहिवार , पौष २६, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • बुटवल, २६ पुस ।
    मानवअधिकार एलायन्स रुपन्देहीको अध्यक्षमा माधव प्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । एलायन्सको बिहीबार सम्पन्न जिल्ला भेलाले सापकोटाको नेतृत्वमा ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

    समितिको उपाध्यक्षमा शुशिला पोखरेल, सचिवमा विष्णु घिमिरे र कोषाध्यक्षमा रीता भट्टराई रहेका छन् । त्यस्तै सदस्यहरुमा मेनुका न्यौपाने पाण्डे, गिरीराज रेग्मी, प्रविण कुमार उपाध्याय, मनु खड्का र चन्द्रमा पौडेल रहेका छन् ।

    निर्वाचित समितिलाई पदस्थापन गराउँदै नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सी.ले एलायन्स न्यायको पहुँचमा नपुगेका र अन्यायमा परेका समुदायको आवाज बन्नुपर्ने बताए । उनले एलायन्स नेकपा एमालेको विभागीय संगठन जस्तै रहे पनि राजनीतिक आग्रह–पूर्वाग्रहमा नरही निष्पक्ष रुपमा मानवअधिकार उल्लंघनका घटनाका विरुद्धमा आवाज उठाउनुपर्ने बताए । 

    नवनिर्वाचित अध्यक्ष सापकोटाले एलायन्सलाई नयाँ उचाईमा पुर्याउने गरी योजनाबद्ध रुपमा कार्ययोजना बनाएर अगाडी बढ्ने बताए ।

    कमला गहतराजको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मंच नेपालका उपाध्यक्ष सुमित्रा शर्मा, एलाईन्सका निवर्तमान अध्यक्ष दामोदर घिमिरे, एमाले रुपन्देहीका सचिवालय सदस्य यम पाण्डे लगायतले निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।