२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

रोहिणीको पशुपति माविमा ‘लायन्स किचन’ उद्घाटन

बिहिवार , पौष २६, २०८०

भैरहवा, २६ पुस ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ र लायन्स सिद्धार्थनगर लेडी ग्लीमले रुपन्देहीको रोहिणी गाउँपालिका–६ पर्सास्थित श्री पशुपति माध्यमिक विद्यालयमा ‘लायन्स किचन’ स्थापना गरेको छ । 

बुधबार दुईवटा क्लबले संयुक्त रुपमा सिग्नेचर प्रोजेक्टको रुपमा लायन्स किचन स्थापना गरिएको लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथकी पूर्वअध्यक्ष तथा जोन चेयरपर्सन एमजेएफ तनु शर्मा कसौधनले बताइन् । उनले भनिन्, ‘हामी चाहन्छौं कि विद्यालयका विद्यार्थीहरूले स्वस्थ खाजा पाऊन् तथा खाना पकाउन र खानको लागि सफा भाँडाहरू हुनुपर्छ । विद्यालयले उपलब्ध गराएको सूचीअनुसार भान्साको सम्पूर्ण सामाग्री हस्तान्तरण गरेका हौं ।’

लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४५ औं जन्मोत्सवको अवसर पारेर मेल्भिन जोन्स सर्भिस विक अन्तर्गत लायन्स किचन स्थापना गरिएको उनले बताइन् । आगामी दिनमा पनि आवश्यकता अनुसार कार्यक्रम गरिने उनले बताइन् ।

बाल विकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमै दीवा खाजा पकाएर खुवाउनका लागि  भाडा तथा आवश्यक सम्बन्धित सामग्रीहरु उपलब्ध गराइएको कसौधनले जानकारी दिइन् ।

418851500_976197134048202_3244999505239739348_n.jpg

कार्यक्रमको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीमा लायन्सले धेरै कार्यक्रमहरु सञ्चालन गरेको बताए । उनले भने, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथसहित लायन्स क्लबहरुको जति प्रशंसा गरे पनि कमै हुन्छ । क्लबले आयोजना गर्ने स्वास्थ्य शिविरमा गाउँपालिकाले सहयोग गर्ने उनको भनाइ छ ।

त्यस्तै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका फस्ट भाइस डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मर्म अनुसार समाजमा काम गर्न लायन्स तत्पर रहेको बताए । उनले लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ र लायन्स सिद्धार्थनगर लेडी ग्लीमले पृथक ढंगको महत्वपूर्ण कार्यक्रम गरेको भन्दै प्रशंसा गरे । स्वस्थकर खाजा खुवाउनुपर्छ भन्ने उद्देश्यले स्थापना गरिएको लायन्स किचनमा पकाउने भाडा भएपछि अब विद्यालयलाई अझ सहज हुने उनले विश्वास व्यक्त गरे ।

रोहिणी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले विगतमा पनि लायन्स क्लबले वडामा सहयोग गरेको स्मरण गरे । 

लायन्स ग्याट कोर्डिनेटर महेश चन्द थापाले लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ र लायन्स सिद्धार्थनगर लेडी ग्लीमले गरेको कार्यक्रमको जति प्रशंसा गरे पनि कम हुने बताए ।

कार्यक्रममा डिष्ट्रिक डेपुटी चिफ अनिता थापा, एरिया–५ का एरिया चिफ सतिश कुमार कौसल (दीपक), जोन चेयरपर्सन एमजेएफ तनु शर्मा कसौधनलगायतले बोलेका थिए ।

418861103_976197077381541_6626362602085535568_n.jpg

लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथकी अध्यक्ष नीपा क्षेत्री र लायन्स क्लब अफ लेडी ग्लीमकी संस्थापक अध्यक्ष शिल्पा श्रीवास्तवको अध्यक्षता तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।