images

सोमवार, बैशाख १७ गते २०८१

भैरहवामा पहिलोपटक प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता हुँदै

भैरहवामा पहिलोपटक प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता हुँदै

images
images
images
बिहिवार, पौष २६ २०८०
बिहिवार, पौष २६ २०८०
  • भैरहवामा पहिलोपटक प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता हुँदै

    भैरहवा, २६ पुस ।
    नेपाली क्रिकेटको इतिहासमा पहिलोपटक प्रधानमन्त्री कप (पुरुष) क्रिकेट प्रतियोगिता काठमाडौं बाहिर सिद्धार्थनगर (भैरहवा) मा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना र रुपन्देहीको संयोजनमा पुस २८ देखि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्रधानमन्त्री कप (पुरुष) राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०८० अन्तर्गत लीग चरणका ११ वटा खेल हुने भएको छ । 

    images

    राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यक्रम अन्तर्गत हुने प्रतियोगिता भैरहवामा माघ ११ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । 

    nkkkkl.jpg

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले प्रतियोगिताको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.) ले उद्घाटन गर्नुहुने बताए । उनले प्रतियोगिताले भैरहवामा चहलपहल बढ्ने र पर्यटन क्षेत्रमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष थापाले यस प्रतियोगिताको सफलतापूर्वक आयोजनाले सिद्धार्थ क्रिकेट रंगशालामा एकदिवसीय क्रिकेट प्रतियोगिता (ओडिआई) आयोजना गर्न ठूलो बल पुर्याउने बताए । उनले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताए । 

    संघका सचिव संजय गुरुङले प्रधानमन्त्री कप (पुरुष) राष्टिय क्रिकेट प्रतियोगिता भैरहवामा हुनु रुपन्देहीबासीका लागि गर्वको कुरा भएको बताए । उनले भने, ‘रुपन्देही क्रिकेटको गौरवशाली इतिहासमा यो एउटा स्वर्णीम घटनाको रुपमा स्थापित हुँदैछ । ’प्रतियोगितामा राष्ट्रिय टोलीका सम्पूर्ण खेलाडीहरुको सहभागीता हुने र यसले प्रतियोगिताको महत्वलाई अझै बढाउनेमा आफूहरु विश्वस्त रहेको बताए ।

    सचिव गुरुङका अनुसार भैरहवामा आउने क्रिकेट टोलीमा लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल रहेका छन् । प्रतियोगिता सञ्चालन गर्न (सिद्धार्थनगरमा हुने खेलको मात्र) करिब रु. ३० लाख लाग्ने उनले बताए । खर्चको व्यवस्थापन नेपाल क्रिकेट संघले गर्ने र पुरस्कार राशी घोषणा हुन बाँकी रहेको रुपन्देही क्रिकेट संघले जनाएको छ ।

    प्रतियोगितामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई उपस्थित गराएर उहाँबाट क्रिकेट एकेडेमीको उद्घाटन गराउने प्रयासमा रहेको उनले बताए । प्रतियोगितामा क्रिकेट संघबाट पर्यवेक्षक आउने उनले बताए ।

    नेपाल क्रिकेट संघका निवर्तमान केन्द्रीय कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले क्यानले नयाँ अवधारणा ल्याएको बताए । उनले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता भव्य रुपमा सम्पन्न हुने बताए । उनले भने, ‘काठमाडौं बाहिर एकदिवसीय क्रिकेट प्रतियोगिता (ओडिआई) गर्न सिद्धार्थ क्रिकेट रंगशाला तेस्रो उपयुक्त स्थान हुनेछ ।’

    प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुर, मूलपानी क्रिकेट मैदान र सिद्धार्थ क्रिकेट रंगशाला भैरहवा गरी तीन स्थानमा हुनेछन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij