२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

स्वास्थ्य बीमा बोर्डले माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी को’पेमेण्ट प्रणाली लागू गर्दै

बिहिवार , पौष २६, २०८०

  • 829
    Shares
  • 829
    Shares
  • काठमाडौं, २६ पौष । स्वास्थ्य बीमा बोर्डले माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी को’पेमेण्ट प्रणाली लागू गर्ने भएको छ । 

    बोर्डले बिहीवार पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी को’पेमेण्टको व्यवस्था  लागू गर्ने बताएको हो । सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित नागरिक र सरोकारवालाहरुले जवाफदेशी र सचेत भएर स्वास्थ्य सेवा दिन र दिनको लागि सह–भुक्तानी को’पेमेन्ट  लागू गर्न बोर्डले अपिल समेत गरेको छ ।

    बोर्डले प्रेषण सेवा सम्बन्धी व्यवस्था पनि लागू गरेको छ । दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमितलाई हाल १÷१ महिनाका लागि दिइरहेको औषधि ३÷३ महिनाका लागि दिने व्यवस्था समेत लागू गरिएको जानकारी बोर्डले दिएको छ ।

     बोर्डका अध्यक्ष गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रममा प्रषण सेवा सम्बन्धि कार्यविधि,२०८० परिमार्जन सहित लागू गर्न लागिएको बताए। उनले दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमित नागरिकहरुलाई १\१ महिनाका लागि दिइरहेको औषधि ३\३ महिनाका लागि दिने व्यवस्था गर्न आग्रह गरे। उनले यो व्यवस्था राष्ट्रको हितमा भएको दाबी गरे।

    उनले स्वास्थ्य बीमा कार्यक्रम प्रेषण सेवा सम्बन्धि कार्यविधिको मुख्य उदेश्य स्वास्थ्य प्रणालीको सबलिकरण गर्ने भएको बताए। अध्यक्ष लोहनीले स्टेक होल्डरहरु बीमा बोर्ड,बीमित र सेवा प्रदायकहरु रहेकाले यसमा निजी,सरकारी सहकारी भन्ने नभएको बताए।

    उनले स्वास्थ्य बीमा बोर्डले अस्पतालको सेवा खरिद गर्ने र बीमितहरुलाई सेवा दिने भएकाले निजी र सरकारी भन्ने नहुने बताए। उनले स्वास्थ्य बीमाको लागि काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा बाँकी रहेको भन्दै २०८० सालभित्र सो स्थनमा प्रवेश गर्ने बताएका छन्। 

    स्वास्थ्य बीमा कार्यक्रमलाई सुदृढ, प्रभावकारी र विश्वसनीय बनाई दिगो व्यवस्थापन गर्न गरी काम गरिरहेको बोर्डले बताएको हो । बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई मर्यादित र अनुशासित बनाउन आचारसंहिता समेत स्वीकृत गरेको छ । आचार संहितामा कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने,दाबी व्यवस्थापन शाखा र प्रविधि शाखाका कर्मचारीले व्यक्तिगत मोबाइल चलाउन नपाउने व्यवस्था गरेको छ ।