बुधवार , पौष २५, २०८०
काठमाडौं, २५ पौष । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी भएकाले सरकारले कृषिमा ५ प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले यस्तो बताएकी हुन् । उनले कृषिमा किसानहरुले खोजेको सेवा सुविधाअनुसारको बजेट आवश्यक रहेको बताइन् ।
उनले भारतीय राजदुतावासको सहयोगमा बाँदर व्यवस्थापनको लागि १० जना भेटनरी डाक्टरहरुलाई मास्टर तालिम दिने तयारी रहेको बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij