२०८२, चैत्र १२ गते

Mar 26 2026 | २०८२, चैत्र १२ गते

सरकारले कृषिमा ५ प्रतिशत बजेट व्यवस्था गर्नुपर्छ : सभापति राणा

बुधवार , पौष २५, २०८०

  • 853
    Shares
  • 853
    Shares
  • काठमाडौं, २५ पौष । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी भएकाले सरकारले कृषिमा ५ प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने बताएकी छन्  ।

    बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले यस्तो बताएकी हुन् । उनले कृषिमा किसानहरुले खोजेको सेवा सुविधाअनुसारको बजेट आवश्यक रहेको बताइन् ।

    उनले भारतीय राजदुतावासको सहयोगमा बाँदर व्यवस्थापनको लागि १० जना भेटनरी डाक्टरहरुलाई मास्टर तालिम दिने तयारी रहेको बताइन् ।