२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

पक्राउ रामबहादुर बम्जनको घरबाट ३ करोड ३४ लाख भन्दा बढी नगद बरामद

बुधवार , पौष २५, २०८०

  • 658
    Shares
  • 658
    Shares
  • काठमाडौं, २५ पौष । बाल यौनदुराचारको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद गरिएको छ ।

    नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । नेपाल प्रहरीले २०७६ सालमा नै सर्लाहीमा एक नाबालिकामाथि यौनदुराचार गरेको अभियोग लागेका बम्जनलाई खोजी गर्दै आएकोमा मंगलवार बेलुका उनको काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गर्न सफल भएको थियो ।

    थप अनुसन्धानको क्रममा उनको घरबाट ठूलो धनराशी बरामद गरिएको पनि सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिए । उनकाअनुसार बरामद गरिएका नगद राशिमध्ये १७ देशका विभिन्न मुद्राहरु रहेको र त्यसको नेपाली रकम ३० लाख ९२ हजार ४०६  हुन्छ ।  त्यसैगरी प्रहरीले उनको घरबाट १४ थान मोबाईल, ५ थान आईप्याड, २ वटा गाडी र ४ वटा मोटरसाईकल पनि फेला पारेको छ ।

    ब्युरोले आज पक्राउ परेका बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ । उनीमाथि आफ्ना चेलाहरुको हत्या गरेको आरोप पनि लगाइएको छ । त्यसैगरी बम्जनको घरबाट बरामद भएको १७ देशको विदेशी मुद्रासहितको ठूलो धनराशीबारे पनि थप अनुसन्धान गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउने सिआईबीले जनाएको छ ।