
बुधवार , पौष २५, २०८०
काठमाडौं, २५ पौष । आदिवासी जनजाति समुदायका अगुवाहरुले विद्यार्थीहरुलाई आदिवासी ज्ञानको शिक्षा दिनुपर्ने बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै आदिवासी जनजाति समुदायका अगुवाहरुले विद्यार्थीहरुलाई आदिबासी ज्ञानको शिक्षा दिनुपर्ने बताएका हुन् । उनीहरुले प्रश्तावित विद्यालय शिक्षा विधेयकले विद्यार्थीहरुलाई आदिवासी ज्ञान दिनेकुरा समेट्नुपर्ने बताए ।
बैठकमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले विधेयकमा आदिवासी ज्ञानको शिक्षा दिनेकुरा समेट्नुपर्ने बताए । उनले आदिवासी जनजातिहरुको भाषालाई संरक्षण गर्नुपर्ने र बहुभाषिक शिक्षाको व्यवस्था गर्नुपर्ने पनि बताए । उनले मातृभाषामा शिक्षा दिनका लागि मातृभाषि शिक्षकको दरबन्दीको व्यवस्था गर्नुपर्ने बताए ।
त्यसैगरी आदिवासी जनजाति समुदायकि अगुवा सुनि लामाले आदिवासी जनजाति महिलाहरुको परम्परागत ज्ञानहरुलाई संरक्षण गर्ने कुरा विधेयकमा समेट्नुपर्ने बताइन् । उनले प्रश्तावित विधेयकमा आदिवासी ज्ञानलाई अवमूल्यन गरिएको बताए । उनले आदिवासी महिलाहरुको सीपलाई विद्यालयको पाठ्यक्रममा समेत राखेर दस्तावेकिरण गर्नुपर्ने बताइन् ।
उनले पनि शिक्षा विधेयकमा मातृभाषाको पाठ्यक्रम र मातृभाषा शिक्षकको व्यवस्था गर्नुपर्ने बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij