२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

मंगलवार , पौष २४, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काेशी, २४ पौष । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । 

    बिराटनगरमा मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिन् ।

    त्यसअघि बैठकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले प्रस्ताव र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङले समर्थन प्रस्तुत गरेका थिए । उल्लेखित पदमा एउटा मात्रै प्रस्ताव परेकाले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा उपसभामुखले गरिन् ।

    सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई सघाउने निर्णय गरेसंगै एमालेले पनि उक्त पदमा उम्मेदवारी नदिने निर्णय गरेको थियो ।