२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

लायन्स भैरहवा लिगेसीद्वारा मधुमेह परीक्षण शिविर सुरु

सोमवार , पौष २३, २०८०

  • 904
    Shares
  • 904
    Shares
  • भैरहवा, २३ पुस ।
    लायन्स क्लब अफ भैरहवा लिगेसीको आयोजनामा सोमबारदेखि भैरहवामा निःशुल्क मधुमेह (सुगर) परीक्षण शिविर सुरु भएको छ । लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक  मेल्भिन जोन्सको १४५ औं जन्मोत्सवको अवसर पारेर शिविर सञ्चालन गरिएको लायन्स भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले बताए । कार्यक्रम संयोजक शैलेस उपाध्यायले शिविर एक हप्तासम्म सञ्चालन हुने जानकारी दिए ।

    सिद्धार्थनगर नगरपालिका–८ लुम्बिनीरोड (भैरहवा) स्थित अनमोल फार्मा प्रा.लि.को सहयोगमा सहयोग शिविर सञ्चालन हुने क्लबका प्रथम उपाध्यक्ष राजन शुक्लाले बताए । अनमोल फार्मामा शिविर सञ्चालन गरिएको शुक्लाले जानकारी दिए ।

    शिविरको उद्घाटन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक सेक्रेटरी विनोद खरेलले पछिल्लो समय मधुमेहका बिरामी बढ्दै गएकोले ग्रामीण क्षेत्रमा पनि पुगेर जनचेतनामूलक कार्यक्रम गर्न आग्रह गरे । उनले क्लबले गर्ने कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    शिविरको उद्घाटन कार्यक्रममा लायन्स ग्याट कोर्डिनेटर महेश चन्द थापा, एरिया–५ का एरिया चिफ सतिश कुमार कौसल (दीपक), डिष्ट्रिक डेपुटी चिफ ओम जैसी, जोन चेयरपर्सन गोविन्द प्रसाद गिरीले लायन्स भैरहवा लिगेसीले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको बताए । 

    लायन्स भैरहवा लिगेसीका सदस्य उमाशंकर पाठकको स्वागत तथा सचिव नारायण प्रसाद कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।