२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

भैरहवामा ‘एक घर एक अनेमसंघ’ अभियान सञ्चालन

सोमवार , पौष २३, २०८०

  • 886
    Shares
  • 886
    Shares
  • भैरहवा, २३ पुस ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सिद्धार्थनगर (भैरहवा) कमिटीले ‘एक घर एक अनेम संघ’ अभियान सञ्चालन गरेको छ ।nसंगठनलाई क्रियाशिल र मजबुत बनाउनका लागि अभियान सुरु गरिएको अनेमसंघ सिद्धार्थनगरकी अध्यक्ष सिर्जना कार्कीले बताइन् । उनकाअनुसार अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

    सिद्धार्थनगरको १३ वटा वडामा संगठन विस्तार (सदस्यता वितरण), वडा सम्मेलन, रक्तदान कार्यक्रम, स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु भइरहेको उनले बताइन् । ‘अहिले हामीले वडाहरुमा संगठन विस्तार (सदस्यता वितरण) र वडा सम्मेलनहरु गरिरहेका छौं’ अध्यक्ष कार्कीले भनिन्, ‘त्यसपश्चात तालिकाअनुसार अन्य कार्यक्रमहरु गर्नेछौं ।’

    संघको सिद्धार्थनगर कमिटी अनुसार वडा नम्बर १, २ र १२ मा संगठन विस्तारसँगै वडा सम्मेलन सम्पन्न भएको छ । वडा नम्बर १ मा अम्बिका खत्रीको अध्यक्षतामा १५ सदस्यीय, वडा नम्बर २ मा तारा रानाको अध्यक्षतामा १३ सदस्यीय र वडा नम्बर १२ मा शारदा पाण्डेको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन भएको संघको सिद्धार्थनगर सचिव मिना बलालले बताइन् ।

    सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख समेत रहेको नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य उमा अधिकारी, एमाले रुपन्देही जिल्ला सदस्य सीता काफ्ले, दिलु कुवँर, अनेमसंघ रुपन्देही जिल्ला सदस्य लक्ष्मी केसी, निशा भट्टराई, संघको रुपन्देही क्षेत्र नम्बर ३ को उपाध्यक्ष लक्ष्मी लामिछाने, क्षेत्र नम्बर ३ सचिव सीता सुनार, सिद्धार्थनगर इञ्चार्ज द्रुपदा पनेरु र सिद्धार्थनगर सचिव मीना बलाल लगायत सहभागीतामा अभियान जारी रहेको अनेमसंघ नगर कमिटीले जनाएको छ ।