२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

जनजागृति आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बलिराम हरिजन

आइतवार , पौष २२, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, २२ पुस ।
    रुपन्देहीको रोहिणी गाउँपालिका–४ औरहवास्थित श्री जनजागृति आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बलिराम हरिजन सर्वसम्मत रुपमा चयन भएका छन् । अभिभावक भेलाबाट छनौट भएकामध्ये विद्यालयका जेष्ठ सदस्य मुनिरका यादवको अध्यक्षतामा बसेको बैठकले विद्यालय व्यवस्थान समितिको अध्यक्षमा हरिजनलाई सर्वसम्मत रुपमा मनोनित गर्ने निर्णय गरेको हो ।

    Baliram Harijan.jpeg

    समितिको सदस्यहरुमा साकिर अली देवान, तेतरी हरिजन (चमार) र  सरिता धवल चयन भएका छन् । बैठकले सुनिता चमार (हरिजन) लाई विद्यालय व्यवस्थापन समितिको सदस्यमा मनोनित गरेको छ । 

    417116869_122114453498156839_2440200613612397342_n.jpg

    विद्यालय व्यवस्थापन समितिको पदेन सदस्यमा रोहिणी–४ का वडाअध्यक्ष तारानाथ यादव र सदस्य सचिवमा प्रधानाध्यापक बबुन्ना गद्दी रहेका छन् । अध्यक्षमा निर्वाचित हरिजन जनता समाजवादी पार्टी, नेपाल (जसपा) का स्थानीय नेता समेत हुन् ।