२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँटमा गठबन्धनबीच सहमति

आइतवार , पौष २२, २०८०

  • 781
    Shares
  • 781
    Shares
  • काठमाडौँ,  २२ पुस ।  सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाएको छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले राष्ट्रियसभाका निर्वाचनमा १९ सिटका लागि बाँडफाँटको टुङ्गो लगाएको हो ।

    बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले कांग्रेसले १०, नेकपा माओेवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाउनेगरि सहमति भएको जानकारी दिए । लेखकले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको र केहि स्थानका लागि पनि छिटै टुंगो लाग्ने बताएका छन् । 

    सिट बाँडफाँटमा सहमति भएसंगै दलहरुले आन्तरिक छलफल गरेर उम्मेदवारको नाम टुङ्गो लगाउने तयारी गरेका छन् ।