२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

एफइसी धनकोष सहकारीद्वारा स्थापना दिवसमा रक्तदान

शनिवार , पौष २१, २०८०

  • 994
    Shares
  • 994
    Shares
  • बुटवल, २१ पुस ।
    एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था लिमिटेड मंगलापुर रुपन्देहीले शनिबार रक्तदान कार्यक्रम गरेको छ । संस्थाको २९ औं स्थापना दिवसको अवसर पारेर सहकारीले रक्तदान गरेको हो । 

    सहकारीका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेको सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए ।

    रक्तदान कार्यक्रमको शुभारम्भ नेपाल स्वयंसेवी रक्तदाता संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले गरेका थिए । त्यस अवसरमा बोल्दै उनले रक्तदान गर्नुका फाइदाबारे जानकारी गराएका थिए । त्यस्तै ६२ वर्षको उमेरमा शेयर सदस्य कमल न्यौपानेले समेत ७० औं पटक रक्तदान गरेका छन् ।

    417699232_2297136613813757_6025072021365122951_n.jpg

    कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तारानाथ कंडेलले सहकारीले सदस्यहरुको हितलाई मध्यनजर गर्दै आफ्ना कार्यक्रमहरु अगाडि बढाएको र सामाजिक कार्यक्रमहरु पनि गर्दै आएको बताए ।

    त्यसअवसरमा कार्यक्रम संयोजक पुष्पा न्यौपाने, संस्थाका सचिव निरज कंडेलगायतले रक्तदान जस्तो पवित्र कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।