२०८२, पौष १४ गते

Dec 29 2025 | २०८२, पौष १४ गते

संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा गौतम

शनिवार , पौष २१, २०८०

  • 745
    Shares
  • 745
    Shares
  • रुपन्देही, २१ पुस । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित भएका छन् । शनिबार लुम्बिनीमा सम्पन्न समाजको दोस्रो अधिवेशनले सर्वसम्मतिमा नयाँ नेतृत्व चयन गरेको हो ।

    समाजको उपाध्यक्षमा केपी घिमिरे, महासचिवमा नारायण खडका, सचिवमा दीपक घिमिरे र राधा बस्नेत तथा कोषाध्यक्षमा दशरथ घिमिरे निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा टोपराज शर्मा, अमरराज भण्डारी, यमकला भुसाल, छवि पुरी, किरण जिसी र अर्जुन अधिकारी निर्वाचित भएका छन् ।

    ९ बुँदे लुम्बिनी घोषणापत्र जारी

    शुक्रबारदेखि २ सम्म लुम्बिनीमा भएको समाजको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन ९ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा कानूनसम्मत ढंगले सञ्चालित आम सञ्चारका माध्यमहरुको संरक्षण र सम्वर्द्धनका लागि तीनै तहका सरकारलाई विशेष प्याकेज सहितको व्यवस्था गर्न अनुरोध गर्दै लोककल्याणकारी विज्ञापनलाई नियमित र समानुपातिक ढंगले वितरणका निम्ति सरकार समक्ष आग्रह गरेको छ ।

    त्यसै गरी संसद भवनमा आवश्यक मिडिया सेन्टर निर्माण गर्न तथा सूचनामा सहज पहुँचको प्रबन्ध मिलाउन माग गरिएको छ । अमृत गिरी संयोजक तथा निरा गौतम र सन्तोष सुवेदी सदस्य रहेको समितिले तयार पारेको घोषणापत्रलाई सर्वसम्मतिमा पारित गरिएको थियो ।

    यस्तो छ घोषणापत्रको पूर्णपाठ

    १ समृद्ध लुम्बिनी : आत्मनिर्भर प्रदेशको लक्ष्य र संकल्पलाई साकार पार्न संसदको भूमिकालाई प्रभावकारी बनाउन आमसञ्चारको क्षेत्रबाट खवरदारी सहितको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।

    २ आमसञ्चारका माध्यमले निर्वाह गरेको असल भुमिकाको उचित कदर र सम्वोधन हुनुपर्नेमा समेत जोड दिन्छ ।

    ३ प्रेस तथा आमसञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियालाई यथाशीघ्र सम्पन्न गरि सुशासनको अनुभूति दिलाउने तर्फ केन्द्रित रहन सरोकारवाला निकायमा जोडदार आग्रह गर्दछौं ।

    ४ कानुन सम्मत ढंगले सन्चालित आमसञ्चारका माध्यमहरुको संरक्षण र सम्बर्धनका लागि तिनै तहका सरकारलाई विशेष प्याकेज सहितको व्यवस्था गर्न अनुरोध गर्दै लोककल्याणकारी विज्ञापनलाई नियमित र समानुपातिक ढंगले वितरणका निम्ति घोषणापत्रमार्फत सरकार समक्ष आग्रह गर्दछौं ।

    ५ लुम्बिनी प्रदेश सरकारले देउखुरी उपत्यकामा राजधानी कार्यान्वयन अघि बढाएकाले स्थायी सरकार सञ्चालनका लागि आवश्यक सबै पुर्वाधार निर्माण गर्न, संसद भवनमा आवश्यक मिडिया सेन्टर निर्माण गर्न, सूचनामा सहज पहुँचको प्रबन्ध मिलाउन आग्रह गर्दर्छौ ।

    ६ प्रदेश सरकार र प्रदेश सभाबाट पत्रकारको समग्र वृत्ति विकासका कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्दछौं ।

    ७ प्रदेशका सञ्चार गृह र संस्थामा पत्रकार महिलाको समावेशी र नेतृत्वमा महिला सहभागीताका लागि लैंगिक निति तथा कार्यक्रम तय गर्न आग्रह गर्दछौं ।

    ८ श्रमजीवी पत्रकारहरुको हकहित र पेशागत सुरक्षाको ग्यारेन्टी हुनेगरी विशेष व्यवस्था मिलाउन छातासंगठन नेपाल पत्रकार महासंघ र सम्बद्ध निकायहरूको ध्यानाकर्षण गराउँदछौं ।

    ९ मुलुकको समृद्धि र राजनितिक स्थायित्वका लागि आमसञ्चारको भुुमिका केन्द्रित गर्नका लागि यो पत्रकार समाज प्रतिबद्धता व्यक्त गर्दछ ।