२०८२, फाल्गुण २७ गते

Mar 11 2026 | २०८२, फाल्गुण २७ गते

पञ्चकन्या समूहद्वारा क्यान्सर सचेतना कार्यक्रम

शनिवार , पौष २१, २०८०

  • 859
    Shares
  • 859
    Shares
  • भैरहवा, २१ पुस । 
    पञ्चकन्या समूहले क्यान्सर सचेतना कार्यकम गरेको छ । नेपाल क्यान्सर सहयोग समूहको सहयोगमा पञ्चकन्याले शुक्रवार रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवास्थित उद्योग परिसरमा क्यान्सर सचेतना कार्यक्रमको आयोजना गरेको हो । कार्यकममा क्यान्सर लाग्न नदिन अपनाउनुपर्ने उपाय, क्यान्सर लागिसकेपछि ध्यान दिनुपर्ने विषयहरु, क्यान्सरका लक्ष्णहरु लगायतका विषयमा सहभागीहरुलाई बुझाइएको थियो ।

    सचेतना कार्यक्रममा बोल्दै नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा सुदिप श्रेष्ठले क्यान्सर घातक रोग भएर्पान समयमै उपचार गरेमा निको हुने बताए । डा.श्रेष्ठले भने, ‘प्रारम्भिक अवस्थामा क्यान्सर पत्ता लागे निको हुन्छ तर ढिलो उपचार गरे बिरामीलाई बचाउन ग्राहो हुन्छ ।’

    कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाल क्यान्सर सहयो समूहका अध्यक्ष दिलिप भट्टराईले विश्वमा क्यान्सर रोगीहरुको तीव्र रुपमा वृद्धि भइरहेकोले सचेत हुनुपर्ने बताए । उनले व्यायाम नगर्नु, सुर्तीजन्य पदार्थको सेवन क्यान्सरको मुख्य कारण भएको बताए ।

    त्यस्तै पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु वेश हुने बताए । उनले क्यान्सरले धनी, गरीब, पुरुष र महिला नचिन्ने भएकोले यसबाट बच्न सावधानी अपनाउनुपर्ने बताए । उनले विगतमा पनि पञ्चकन्या उद्योगमा कार्यरत कर्मचारीहरुलाई मध्यनजर गरी सचेतनामूलक कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

    पञ्चकन्या समुहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका निर्देशक तथा नेपाल क्यान्सर सहयोग समूहका उपाध्यक्ष स्वरुपा श्रेष्ठ, पञ्चकन्या उद्योगका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।