२०८२, माघ १७ गते

Jan 31 2026 | २०८२, माघ १७ गते

राष्ट्रपति पौडेल भन्छन्–रोजगारी र आम्दानीको अवस्था नहुदा विकास र सुविधा उपभोग गर्ने मान्छे नहुने भए

शुक्रवार , पौष २०, २०८०

  • 811
    Shares
  • 811
    Shares
  • दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले गाँउ गाँउमा विकास र सुविधा पुगेपनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सृजना हुन नसकेको बताएका छन् ।
    राष्ट्रपति पौडेलले रोजगारी र आम्दानीको सृजना हुन नसक्दा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन कि भन्ने चिन्ता बढ्दै गएको बताए। 

    तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै शुक्रबार राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका आफूहरू आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भांैतारिने अवस्था रहेको गुनासो पनि गरे । 

    राष्ट्रपति पौडेलले भने– ‘अबका दुईचार वर्षमा यी सबै गाँउहरूमा कालोपत्रे सडक पु¥याउन हामी लागेका छौं । म भन्छु, त्यो पनि पूरा गरिन्छ । तर, समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाँउमा कोही रहने हुन कि हैनन ? विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौतारिने हाम्रो हालत छ । आखिर किन भयो यस्तो ? यो प्रश्न म आफैसँग गरिरहेको छु । उत्तर पनि म सँगै छ । गाऊँमा सवैथोक पुग्यो तर “सम्मानजनक रोजगारी र आम्दानी” को अवस्था बनेन ।’ 

    राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रम शक्तिको पलायन भएको उल्लेख गर्दै भने– ‘अहिले यहाँ पढ्ने र पढाउने दुवैथरि मेरा प्रशंसाका पात्र हुनुहुन्छ । यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो शहर पस्नुभो । उतै बस्नु भयो । गाऊँको समस्या यही हो । अब आज देशको समस्या प्रतिभा पलायन, श्रम शक्तिको पलायन – मुलुकले भोगिरहेको समस्यामध्ये सबैभन्दा जटिल छ ।’ 

    राष्ट्रपति पौडेलले आफूले पहिलोचोटी चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाडोमा उभिएर “गाऊँबाट अस्थिर भएको मनलाई गाऊँमा नै आधुनिक सेवा र सुविधा ल्याएर गाऊँमा नै वसौं वसौं बनाउँंछु’’ भनेको स्मरण गर्दै आफूले ग्रामीण स्वावलम्बनअन्र्तगत  मोटर गाडी र स्वास्थ्य चौकी अनि सातौं विद्युतीकरणको खाका लिएर त्यहाँ पुगेको र अहिले सबै गाऊँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार पुगेको बताए । उनले गाँउ गाँउमा सवै विकास र सुविधा पुगेपनि गाऊँ रित्तिने क्रम नटुटेको भन्दै चिन्ता व्यक्त गरे ।  

    राष्ट्रपतिमा निर्वाचित भएपछि दोश्रो पटक गृहजिल्ला पुग्नुभएको राष्ट्रपति पौडेलले आफूले बैदी– छिपछिपेको डाँडा र मादी सेती काली किनारमा उभिएर देशको समृद्धिका मुख्य आधार– कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको र यसका लागि लागि पहिलो खाँचो सुशासनको भएको बताउँदै आएको स्मरण गर्दै आफू त्यही एजेण्डामा आज पनि उभिएको स्ष्पट पारे । उनले हामीले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी रहेको र अवको  शिक्षा पनि यीनै विषयमा केन्द्रित हुनुपर्ने धारण राखे । राष्ट्रपति पौडेलले भने–‘हाम्रो राष्ट्रसँग जुन मलिलो माटो छ, स्वच्छ जलवायु छ, वायो डाइभर्सिटी छ । त्यसलाई हामीले चिन्न सकेनौ । हामी फोस्रा नारामा बढी बहकियौं । कुन उचाई र कुन  पाटोमा के उब्जनी हुन्छ ? त्यो ठम्याएर खेती गरौं । जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गरौं ।’

    उनले हाम्रो संस्कृति र हाम्रो प्रकृतिको कोरीबाटी गरेर पर्यटन पूर्वाधारहरूको विकास गरे गाऊँमै रोजगारी र आम्दानी आउँने बताए । पौडलले भने–‘हिमालबाट उर्लेर वग्ने हाम्रा नदीनालाबाट हजारौ मेघावाट उर्जा उत्पादन गरी छिमेकमा समेत विक्री गरौं, हामी यहीबाट धनी हुन्छौ । आफ्नो परिवार तडपाएर विदेशतिर भौतारिन पर्दैन । आफ्नै नाभीको कस्तुरी सुगन्ध खोज्दै भिरभिरै लतारिनु पर्दैन । आफैले आफैलाई चिनौं – गाऊँमुखी बनौं – नेपालमुखी बनौं, हाम्रो स्कूलमा पढाउने यही नै हो असली राष्ट्रवाद ।’ 

    राष्ट्रपति पौडेलले शिक्षा ज्ञान, चेतना र देशको सर्वाङगिण विकासको आधारशीला भएको बताउदै शिक्षाको साथसाथै जीवनको आदर्श उच्च बनाउने र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने नैतिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गरे ।