२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

सुर्यपुरा बहुमुखी क्याम्पस भवनको शिलान्यास

शुक्रवार , पौष २०, २०८०

रुपन्देही, २० पुुस ।
रुपन्देहीको गैडहवा गाउँपालिका पालिकाको गौरवको योजनाको रुपमा अघि सारेको सुर्यपुरा बहुमुखी क्याम्पस भवनको बिहीबार शिलान्यास गरिएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच पालिका अध्यक्ष सुरेन्द्र पौड्याल उक्त भवनको शिलान्यास गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष पौड्यालले बहुमुखी क्याम्पसको भवन असार मसान्तसम्म बन्ने बताए । उनले निर्माण कार्यमा कुनै कमसल सामान प्रयोग गरिएमा जानकारी गराउन तथा निगरानी गर्न आग्रह गर्दै पालिकाले निरन्तर अनुगमन गर्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, गाउँपालिकाका निवर्तमान अध्यक्ष बच्चुलाल केवट, वडाअध्यक्ष विजय कुमार शर्मा, राजकुमार लोध लगायत स्थानीय कर्मचारी बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियोे ।

९१ लाख ४८ हजार २ सय ८३ रुपैयाँमा २०८१ असार मसान्तसम्म भवन निर्माण हुने सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।