२०८२, चैत्र १४ गते

Mar 28 2026 | २०८२, चैत्र १४ गते

रोट्रयाक्ट देवदह क्रिकेट कप–२०८० हुँदै

बिहिवार , पौष १९, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • रुपन्देही, १९ पुस ।
    रुपन्देहीको देवदहमा रोट्रयाक्ट देवदह क्रिकेट कप–२०८० हुने भएको छ । रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहले युवाहरुलाई लक्षित गर्दै क्रिकेटको माध्यमबाट वडा, समाज, क्षेत्र, जिल्ला गर्दै राष्ट्रियस्तरसम्मका खेलाडी उत्पादन गरी देवदहको गरिमालाई थप उचाईमा पुर्याउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

    क्लबले बुधबार देवदहमा पत्रकार सम्मेलन गरी यही पुस २१ गते शनिबारदेखि देवदह नगरपालिका–७, शितलनगरस्थित डी.सी.यु. ग्राउण्डमा प्रतियोगिता हुने जानकारी गराएको हो ।

    प्रतियोगितामा खेलप्रेमीहरुको उत्साहपूर्ण सहभागीता रहने क्लबका अध्यक्ष विक्रम भुसालले विश्वास व्यक्त गरे । अध्यक्ष भुसालले देवदहमा रहेका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचारप्रसार गरी देवदह नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने, युवाहरुलाई लागूपदार्थ, मद्यपान, धुम्रपान, जुवातास जस्ता दुव्र्यसनको रोकथाम गर्न जनचेतना जगाउँदै खेलप्रति आकर्षित गर्ने कार्यक्रमको उद्देश्य रहेको बताए ।

    प्रतियोगितामा अनुमानित २ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजक संस्थाले जनाएको छ । हालसम्म १८ वटा टीम दर्ता भइसकेको र अरु टीम दर्ता हुने क्रम जारी रहेको संस्थाले जनाएको छ । प्रतियोगिताको विजेता टीमले नगद ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टीमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    पत्रकार सम्मेलनमा देवदह क्रिकेट युनिटका पूर्वअध्यक्ष रबि बल्लभ रेग्मी, खेल संयोजक अर्जुन जि.सी लगायत क्लबका पदाधिकारीको उपस्थिति रहेको थियो । 

    क्लबका अध्यक्ष विक्रम भुसालको अध्यक्षता तथा क्लबका वर्ष २०२३/२४ का ईलेक्ट प्रेसिडेन्ट सन्दिप पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।