२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौंमा

बिहिवार , पौष १९, २०८०

  • 655
    Shares
  • 655
    Shares
  • काठमाडौं, १९ पौष । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आएका छन् ।

    काठमाडौंमा हुने नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार बिहान काठमाडौं आएका हुन् । भारतीय विदेशमन्त्री जयशंकरलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेका थिए ।

    नेपालमा भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले बिभिन्न दलका नेताहरुलाई समेत भेट्ने कार्यक्रम छ । उनी शुक्रबार मध्यान्ह नयाँदिल्ली फर्कने कार्यक्रम छ ।