२०८२, फाल्गुण २७ गते

Mar 11 2026 | २०८२, फाल्गुण २७ गते

स्थापना दिवसमा रोटरी तिनाउ बुटवलद्वारा न्यानो कपडा वितरण

बुधवार , पौष १८, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • बुटवल, १८ पुस ।
    रोटरी क्लब अफ तिनाउ बुटवलले आफ्नो आठौं स्थापना दिवस बुधबार सम्पन्न गरेको छ । क्लबले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ सिमानगरस्थित हाम्रो सगरमाथा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर स्थापना दिवस मनाएको हो ।

    क्लबले विद्यालयमा अध्ययनरत १४० जना बालबालिकालाई जाडोको न्यानो कपडा ट्रयाकसुट वितरण गरेको जनाएको छ ।

    बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्दै क्लबका एसिस्टेन्ट गभर्नर यादव भण्डारीले रोटरी क्लब अफ तिनाउ बुटवलले फजुल खर्च नगरी विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरी आफ्नो स्थापना दिवस मनाएको भन्दै प्रशंसा गरे । उनले फजुल खर्च गरी होटलमा मनाउने स्थापना दिवस भन्दा यस्ता कार्य गरेर मनाउने दिवसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

    क्लबका अध्यक्ष अमृता भुसालले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि विद्यालयका बालबालिकाहरुको आवश्यकतालाई मध्यनजर गरी न्यानो कपडा वितरण गरिएको जानकारी दिइन् ।

    414148495_1294332204564290_2308028267248285585_n.jpg

    क्लबका निवर्तमान अध्यक्ष कल्पना तिवारीको स्वागत, ईलेक्ट प्रेसिडेन्ट रमिला शर्माको धन्यवाद तथा सचिव अनिता भुसालको सञ्चालनमा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष देवी वाग्ले, पूर्वअध्यक्ष भगवती पाण्डे, विद्यालयका संस्थापक टेकबहादुर थापा, प्रधानाध्यापक घनश्याम घिमिरेले सामाजिक संघस–ंस्था र क्लबहरु समाज परिवर्तनका संवाहक बन्नुपर्ने बताए ।