२०८३, कार्तिक ३ गते

Oct 19 2026 | २०८३, कार्तिक ३ गते

घट्यो सुन–चाँदीको मूल्य

बुधवार , पौष १८, २०८०

  • 613
    Shares
  • 613
    Shares
  • काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटेको छ। मंगलबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला दुई रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। 

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भएको थियो।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।