
बुधवार , पौष १८, २०८०
भैरहवा, १८ पुस ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मूल एकाई समिति भैरहवा बहुमुखी क्याम्पसको आयोजनामा भैरहवामा एकमहिने निःशुल्क आधारभूत कम्प्युटर तालिम सुरु भएको छ । तालिममा भैरहवा बहुमुखी क्याम्पस स्नातक तह अन्तर्गत बी.एड. प्रथम वर्ष र बी.बी.एस. प्रथम वर्ष (नेपाली र अंग्रेजी) माध्यममा अध्ययनरत १३७ जना विद्यार्थीहरुको सहभागीता रहेको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।
एनोदर बेस्ट स्कूल प्रा.लि.को सहयोगमा जाडो विदाको सदुपयोग होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको अखिल (क्रान्तिकारी) मूल एकाई समिति भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष मनिष ढकालले बताए ।
तालिमको आइतबार उद्घाटन गर्दै अखिल (क्रान्तिकारी) रुपन्देहीका अध्यक्ष कपिल चापागाईंले विद्यार्थीहरुलाई पढाईसँगै सीपमूलक ज्ञान आवश्यक रहेको बताए ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पसका सदस्य सचिन कंडेलको स्वागत तथा अंकित पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij