
मंगलवार , पौष १७, २०८०
भैरहवा, १७ पुस ।
काशी नोबल एकेडेमी सिद्धार्थनगर, रुपन्देहीको २९ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । स्थापना दिवसको अवसरमा जुनिएर रेडक्रस सर्कल काशी नोबल एकेडेमीले सोमबार सिद्धार्थ बाल गृहलाई ५ हजार ५ रुपैयाँ नगद सहयोग गरेको छ । सर्कलका अध्यक्ष गरिमा घिमिरेको नेतृत्वमा एक समारोहकाबीच बाल गृहका सञ्चालक कृष्णमाया गुरुङलाई प्रदान गरिएको थियो । विद्यार्थीहरुको जन्मदिनमा संकलन गरिएको सो रकम हस्तान्तरण गरिएको हो ।
स्थापना दिवसकै अवसरमा विद्यालयले ९ जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको छ । शैक्षिक सत्र २०७९ मा एकदिन पनि बिदा नलिई काम गरेका शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा रेखा गौतम, कान्ता श्रेष्ठ, मनु थापा क्षेत्री, प्रतिभा शर्मा, डिना गिरी, इरा गर्बुजा पुन, ढक बहादुर घर्ता, सुनिता हरिजन र चन्द्रिका बज्राचार्य रहेका छन् ।
विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थ बाल गृहका सञ्चालक कृष्णमाया गुरुङले विद्यालयले गरेको कार्यको प्रशंसा गरेका थिइन् ।
बिद्यालयका शिक्षक हरि प्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रममा सहायक प्राचार्य श्री रायमाझी, निर्मल हुमागाइ, दिपक काफ्ले, तेज प्रसाद पन्थ, डिलाराम पाण्डे, चन्द्रकान्त भुसाल, सरस्वती बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।
३३ जना विद्यार्थी र ६ जना शिक्षकबाट सुरु भएको विद्यालयमा हाल १ हजार ५ सय ९८ विद्यार्थी र १०३ जना शिक्षक–कर्मचारीहरु रहेका छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij