२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

राममणि क्याम्पसमा साहित्य संगम

मंगलवार , पौष १७, २०८०

तिलोत्तमा, १७ पुस ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा साहित्यिक संगम सम्पन्न भएको छ । भाषा तथा साहित्य विभाग राममणि बहुमुखी क्याम्पसको संयोजनमा कार्यक्रम भएको हो ।

विभागका संयोजक सह–प्राध्यापक गोपाल पन्थीको सभापतित्वमा भएको कार्यक्रममा बहुभाषी साहित्यकार एवं ज्योतिषाचार्य प्रीति आत्रेय र विद्यार्थीहरूले उनका रचना वाचन गरेका थिए ।

कार्यक्रममाथि प्रकाश पार्दै प्राध्यापक डाक्टर बाबुराम ज्ञवालीले शैक्षिक उन्नयनका लागि यस्ता कार्यक्रम फलदायी हुने बताए । विभागका सदस्य कविता पन्थीको सञ्चालन र उपप्राध्यापक माया घिमिरेको स्वागतमा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले साहित्यबाट सम्पूर्ण क्षेत्र प्रभावित हुने जनाए ।

सो अवसरमा विद्यार्थीहरू पवित्रा चौधरी, वीरता ढुंगाना र यशोदा भुसालले साहित्यकार आत्रेयका ‘चुटुक्क’ मुक्तक संग्रहका रचनाहरू वाचन गरेका थिए । साहित्यकार आत्रेयका ‘अनुभूतिको इन्द्रेणी’ र ‘चुटुक्क’ पुस्तकाकार कृति साथै गीतहरू सार्वजनिक भइसकेका छन् भने नेपालको पहिलो महिला ज्योतिषका रूपमा परिचित छन् ।