२०८३, कार्तिक ३ गते

Oct 19 2026 | २०८३, कार्तिक ३ गते

टोपी दिवसमा रोट्रयाक्ट बुटवलद्वारा शुभकामना आदानप्रदान

सोमवार , पौष १६, २०८०

  • 979
    Shares
  • 979
    Shares
  • बुटवल, १६ पुस ।
    राष्ट्रिय टोपी दिवसको अवसरमा रोट्रयाक्ट क्लब अफ बुटवलले मेयरसँग शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेसँग क्लबले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो। 

    कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले नेपाली ढाका टोपी दिवसको शुभकामना व्यक्त गरेका थिए । उनले आफूलाई यस्तो महत्वपूर्ण कार्यक्रममा आमन्त्रण गरेकोमा धन्यवाद दिदै टोपी दिवसको शुभकामना समेत ब्यक्त गरेका थिए । 

    मेयर पाण्डेयलाई ढाकाटोपी लगाई दिएर स्वागत गरिएको थियो । रोट्रयाक्टहरुको उल्लेखनीय उपस्थिति थियो ।
    कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बुटवलका अध्यक्ष अर्जुन खनाल, सचिव अजय यादव रोट्रयाक्ट क्लबका जोनल सेक्रेटरी भेषराज पोखरेललगायतले पनि टोपी दिवसको शुभकामना व्यक्त गर्दै मेयरसँग शुभकामना कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।