२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

जनमतका अध्यक्षसहित नेताहरुलाई पक्राउ गरिएको विरोधमा रुपन्देहीमा प्रदर्शन

सोमवार , पौष १६, २०८०

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • भैरहवा, १६ पुस ।
    ‘धोति दिवस’  मनाउने क्रममा अध्यक्ष सिके राउतसहित नेताहरुलाई पक्राउ गरिएको भन्दै जनमत पार्टीले रुपन्देहीमा प्रदर्शन गरिएको छ । 

    ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले सोमबार जनमतका अध्यक्ष राउत, सचिव बिपी साह, सामान्य प्रशासन मन्त्री अनिता देवी शाहलगायतलाई पक्राउ गरेको थियो । 

    जनमत पार्टी लुम्बिनी साँस्कृतिक नगर समितिले सोमबार दिउँसो १ बजे मायादेवी गाउँपालिका–४ स्थित गुण्डीमा प्रदर्शन गरेको हो । जनमतका नेता कार्यकर्ताहरुले सडकमा टायर बालेका थिए ।

    WhatsApp Image 2024-01-01 at 3.05.43 PM.jpeg

    माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो । नेताहरुलाई प्रहरीले रिहा गरिसकेको छ ।