२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

राजतन्त्रको बारेमा छलफल गर्नुको कुनै औचित्य छैन : केपी ओली

सोमवार , पौष १६, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, १६ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रको बारेमा छलफल गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

    मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राजतन्त्र सामन्तवादको अवशेष भएको भन्दै यस बिषयमा बारेमा छलफल गर्नुको कुनै औचित्य नरहेको बताएका हुन्।

    उनले मुलुकमा गणतन्त्रवादीहरु एक रहेकाले फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको र आफुहरुले पनि राजतन्त्र फर्काउन नदिने स्पष्ट पारे । उनले कुनै पनि किसिमको तानाशाह नेपालमा स्वीकार्य नहुने बताए ।

    त्यस्तै ओलीले लोकतान्त्रीक गणतन्त्र, शान्ति, बिकासमा सवैदलहरु एक रहेको उल्लेख गरे । उनले बालकुमारी घटनामा मन्त्री पुगेर भिडलाई उत्तेजित बनाएको भन्दै प्रहरी प्रशासनले पनि निर्मम दमन गरेको बताए ।

    ओलीले अहिलेको अवस्थामा मेलमिलापको सान्दर्भिकतालाई सवैले बुझ्नुपर्ने समेत बताए ।