२०८३, कार्तिक ३ गते

Oct 19 2026 | २०८३, कार्तिक ३ गते

मुलुकमा सुशासन कायम गर्न कांग्रेस नेतृत्वको सरकार आवश्यक : डा. शेखर कोइराला

सोमवार , पौष १६, २०८०

  • 946
    Shares
  • 946
    Shares
  • काठमाडौं, १६ पौष । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् ।

    सोमबार काठमाडौंमा नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेश स्तरीय भेला उद्घाटन गर्दै कोईरालाले भ्रष्टाचार निर्मूल गर्दै मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकारलाई परिवर्तन गरि कांग्रेसको नेतृत्वमा सरकार आउन जरुरी रहेको बताएका हुन् । उनले माओवादी नेतृत्वको सरकारले ठूला–ठूला प्रकरणलाई निष्कर्षमा पुराउन नसकेकाले आफुले प्रधानमन्त्रीको रिपोर्टकार्ड मागेको धारणा राखे ।

    कोइरालाले कांग्रेसलाई पुरानै बलियो अवस्थामा फर्काउनका लागि महासमितिको बैठकबाटै समयमा नै महाधिवशेन गर्नका लागि दवाव दिनुपर्ने जिकिर गरे । महाधिवेशनले पार्टीको अहिलेको नेतृत्व परिवर्तन गर्ने र कांग्रेसलाई बलियो बनाउने नेतृत्व आउने उनले दावी गरे । कोइरालाले कांग्रसले निर्वाचन अघि लोकतान्त्रीक शक्तिहरुसंग मात्रै सहकार्य गर्नुपर्ने भन्दै कम्युनिष्टहरुसंग कुनैपनि अवस्थामा संगठीत हुन नहुने बताए ।

    उनले ललितपुरको बालकुमारी घटना प्रहरी प्रशासनको मात्रै नभई सरकारकै कमजोरीका कारण घटेको तर्क गरे ।