२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

बालकुमारीमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन

सोमवार , पौष १६, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, १६ पौष । सरकारले पुस १३ गते बालकुमारीमा भएको घटनाको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ । 

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । आयोगमा पूर्व एआईजी अरुण बिसी र गृहका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य रहेको उनले बताइन् ।

    आयोगलाई उक्त घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन÷विश्लेषण गर्ने, घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने, घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जोकोहीलाई कारबाहीको सिफारिस गर्ने र आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको एक महिनाभित्र पेश गर्ने कार्यादेश दिइएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

    उक्त घटनाको छानविनका लागि गृह मन्त्रालयले यसअघि पुस १३ गते प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । गत शुक्रवार दिउँसो ईपीएस परीक्षाका विषयमा भएको प्रदर्शनका क्रममा जुम्लाका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।