२०८२, पौष १४ गते

Dec 29 2025 | २०८२, पौष १४ गते

लुम्बिनीलाई साँस्कृतिक राजधानी बनाउन जोड : लोसपा लुम्बिनी

शनिवार , पौष १४, २०८०

  • 757
    Shares
  • 757
    Shares
  • भैरहवा, १४ पुष । लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) को प्रथम लुम्बिनी प्रदेश सम्मेलनले बिभिन्न राजनीतिक प्रस्ताव तथा कार्यक्रम पारित गरेको छ । पार्टीको सम्मेलनले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई देशको सांस्कृतिक राजाधानी बनाउन र गौतमबुद्ध अन्तराष्टिय बिमानस्थललाई नियमित रुपमा सञ्चालनका लागि संघिय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउने प्रस्ताव पारित गरेको छ । 

    लुम्बिनीको माध्यमबाट देशको आर्थिक र सास्कृतिक बिकास गर्नका लागि लोसपाले प्रदेश सरकारलाई बिभिन्न सुझाव दिएको छ । लोसपाले लुम्बिनीमा हरेक बर्ष सास्कृतिक महोत्सवको आयोजना गर्ने गरी लुम्बिनीमा रहेका बौद्ध बिहारलाई सहजिकरण गर्ने, बौद्ध धर्मका अनुयायीहरुका लागि भगवान गौतमबुद्धको जम्नस्थलमा बिशेष बर्थ सेन्टरको स्थापना गर्ने, आफ्नो जीवनको वृद्धकालको समय बुद्ध जन्मस्थलमा बिताउन खोज्नेहरुला लागि सशुल्क “वृद्ध हेरचाह केन्द्र” को स्थापना गर्ने, बौद्ध बिहारहरुको संख्या बृद्धी गर्न अन्तराष्ट्रिय बौद्ध सम्मेलन गर्न गराउनका लागि सुझाव दिएको छ । 

    त्यसैगरी राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थललाई द्रुत गतिमा सन्चालन गर्नका लागि सरकारको ध्यानाकर्षण गराउने निणर्य गरेको छ । 

    सरकारको उदासिनताले लुम्बिनी प्रदेशको सम्भावित पर्यटन क्षेत्र लगायत होटल ब्यवसाय तथा अन्य क्षेत्रमा गरिएको लगानी प्रभावित हुन पुगेको उल्लेख गर्दै लोसपाले पटक-पटक सरकारको आश्वासनका बावजुद काठमाडौं केन्द्रित केही बिशेष समुहबाट बिमानस्थल सन्चालनमा अघोसित बाधा सिर्जना गर्नु चिन्ताको बिषय रहेको टिप्पणी गरेको छ । 

    पार्टीले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल द्रुत गतिमा सन्चालन गराउन निम्न बुदाहरुमा सरकारको ध्यानाकर्षण गराउने निणर्य गरेको छ । भिसा सेन्टरको अनिवार्य स्थापना गर्नुपर्ने, श्रम कार्यालय स्थापना गरी श्रम स्विक्रिती सहज गराउनु पर्ने, आवश्यक स्वास्थ्य परिक्षण केन्द्रको स्थापना गराउनु पर्ने, आवश्यक रहेको थप हवाइरूट बारे छिमेकी मुलुकसँग कुटनितिक पहल गर्ने, आन्तरिक हवाइ उडानलाई स्तरोन्नती गरी तुरुन्त नेपालका मुख्य शहरसँग जोड्नका लागि ध्यानाकर्षण गराउने निणर्य गरिएको पार्टिक लुम्बिनी प्रदेश अध्यक्ष सन्तोषकुमार पाण्डेयले बताएका छन् । 

    त्यसैगरी लुम्बिनी प्रदेशलाई समृद्धि प्रदेश बनाउनका लागि पार्टीले प्रदेश सरकार तथा संघिय सरकारलाई निम्न बुदाहरुमा बिशेष ध्यानाकर्षण गराउने छ । 

    WhatsApp Image 2023-12-30 at 9.21.21 PM.jpeg

    लोसपाले प्रदेशका जिल्लाहरुमा रहेका महत्वपूणर् पर्यटक स्थलहरुको पहिचान गरी आवश्यक पुर्वाधारको निर्माण गरी पर्यटकहरुको पहुँच सहज बनाउने, कृषि क्षेत्रमा स्थान अनुसार बालीको पहिचान गर्न प्राविधिक सहयोग गर्ने, आवश्यक मलको ब्यवस्थापन गर्न प्रदेश स्तरिय बिशेष समिती बनाएर प्रदेश सरकारले आवश्यक रहेको मल सोझै खरिद गरी किसानहरुलाई बितरण गर्ने, नयाँ सोचका उद्यमशिलतालाई प्रोत्साहन गरी प्याकेजमा अनुदानको ब्यवस्था गर्ने, सुस्ताएको ब्यवसायलाई चलायमान गराउन स्थापित भएका उद्योगहरुलाई बिगतका दिनमा बुझाएका प्रदेशमा लाग्ने करको आधारमा कम्तिमा २ आर्थिक बर्ष प्रदेशले लिने कुनै पनि सेवा शुल्क तथा करमा ५० प्रतिसत छुट प्रदान गर्न आग्रह गर्ने निणर्य गरेको छ । 

    त्यसैगरी महिला उद्यमशिलतालाई प्रोत्सान गर्न महिला उद्यमिलाई प्रदेश सरकारले योग्यता अनुसार तालिम तथा ५ प्रतिशत ब्याजदरमा पाँच लाख रुपैयासम्म सजिलो कर्जा उपलब्ध गराउन तथा हरेक बर्ष शिक्षाको नाममा बाहिरिने अर्बौ रुपैया आफ्नै देशमा लगानी गर्न प्रसस्त मात्रामा प्राविधिक कलेज तथा शिक्षण अस्पातल खोल्न प्रोत्साहन तथा सहयोग गर्ने लगाएतका निणर्य गरेको पार्टीका रुपन्देही अध्यक्ष रवि कुमार रौनियारले जानकारी दिए। 

    उनका अनुसार विश्व बजारको पहिचान गराइ साना ब्यवसायीलाई नेपालमा उत्पादित बस्तुलाई निर्यातमुखी बनाउन आवश्यक नीतिगत निणर्य गर्ने निणर्य गरिएको छ ।