२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

पत्रकार दीपेश पछाईलाई प्रेसिडेन्टियल अवार्ड

शनिवार , पौष १४, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, १४ पुस ।

    लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो ९ औं स्थापना दिवसको अवसरमा पत्रकार दीपेश पछाईलाई नगदसहित सम्मान गरेको छ । क्लबले प्रेसिडेन्टियल अवार्ड–२०८० बाट नगद रु. ११ हजार राशीसहित क्लबका पूर्वअध्यक्ष एवं सल्लाहकार पछाईलाई सम्मान गरेको छ । विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील शर्मा पछाई मेचीकाली दैनिक, भैरहवा टेलिभिजन, नयाँ पत्रिका लगायत सञ्चारमाध्यममा आबद्ध छन् ।

    स्थापना दिवस समारोहका कार्यक्रम संयोजक तथा क्लबका उपाध्यक्ष श्यामशंकर पाण्डेले पत्रकारिता क्षेत्रको विकासमा र क्लबको उत्थानमा पुर्याएको योगदानको कदरस्वरुप सम्मान गरिएको बताए ।

    शनिबार भैरहवामा आयोजित शर्मालाई लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझी लगायतले उक्त पुरस्कार प्रदान गरेका हुन् ।