
शुक्रवार , पौष १३, २०८०
दाङ, १३ पुस ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाहिरी ट्युमरको सफल शल्यक्रिया (अपरेशन) भएको छ ।
प्रतिष्ठानका अर्थोपेडिक सर्जन डाक्टर विकास न्यौपानेसहितको टीमले दाहिने हातको सोल्डर जोइन्ट र क्याल्भिकल हड्डी र ह्युमरससँग जोडिएको अनावश्यक मासु मंगलबार अपरेशन गरी फालिएको हो ।
बिरामीका अनुसार विगत ९ वर्षदेखि दाहिने कुमको मासु देखाउँदै धेरै ठाँउमा चेकजाँच गर्दा पनि उक्त समस्या समाधान हुन नसकेपछि उनी डा. न्यौपानेलाई भेट्न पुगेका थिए । डा. न्यौपानेले उनलाई सरल र सहज ढंगले सजिलै सम्पूर्ण प्रक्रिया पूरा गरी अपरेशन गर्न सुझाव दिएअनुरुप बिरामी अपरेशन गर्न मञ्जुर भएका थिए । उनको अपरेशन सफल भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आधुनिक प्रविधिको प्रयोग गर्दै लुम्विनी प्रदेशका विभिन्न स्थानीय तहहरुका सर्वसाधारणहरुले सरल र सहज ढंगको स्वास्थ्य सेवा पाउने व्यवस्था गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij