शुक्रवार , पौष १३, २०८०
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयाेग गर्ने गाडीमा आगजनी भएकाे छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका हुन् ।
उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । प्रदर्शनमा उत्रिएका युवाहरुले सडक पनि अबरुद्ध पारेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij