
बिहिवार , पौष १२, २०८०
तिलोत्तमा, १२ पुस ।
लायन्स क्लब अफ भलवारी सिटीको आयोजनामा रुपन्देहीको तिलोत्तमामा ‘तेस्रो हरि स्मृति निःशुल्क स्वास्थ्य शिविर’ हुने भएकाले छ । स्व. हरि प्रसाद जोशीको स्मृतिमा तिलोत्तमा नगरपालिका–७ भलवारीस्थित प्रभात आधारभूत विद्यालयमा पुस १४ गते शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्म शिविर हुने आयोजकले जनाएका छन् ।
शिविरमा मधुमेह (सुगर) जाँच, दन्त तथा आँखा जाँच एवं परामर्श, चिकित्सकीय (फिजिसियन) सेवा, थाईराईड जाँच तथा परामर्श, महिला, बाल तथा प्रसुति रोग जाँच तथा परामर्श तथा आवश्यकता अनुसार औषधी तथा चश्मा वितरण गरिने क्लबकी अध्यक्ष दुर्गा खाम्चा थापाले बताइन् ।
तिलोत्तमा नगरपालिकाको सह–आयोजनामा हुने शिविरमा होलबडी चेकअप समेत हुने कार्यक्रम संयोजक जित बहादुर थापाले बताए । थापाका अनुसार होलबडी चेकअपका लागि हालसम्म १६ जनाले नाम दर्ता गराइसकेका छन् । ‘शिविरमा वरिष्ठ मधुमेह तथा थाईराइड रोग विशेषज्ञ एस.एन. यादव आउनुहुने भएकालेले बिरामीले आफ्ना पुराना रिपोर्टहरु लिएर आइ निःशुल्क परामर्श तथा जाँच गराउन सक्नुहुनेछ, ’उनले भने ।
शिविरको सहयोगी संस्थामा एसियन डाइनोष्टिक ल्याब बुटवल, आर्शीवाद फार्मेसी बुटवल, लुम्बिनी आँखा उपचार केन्द्र मणिग्राम, द डेण्टल एरा भलवारी, चौराहा हस्पिटल बुटवल, गिताञ्जली प्रिन्टर्स भलवारी र तिलोत्तमा नगरपालिका ७ नम्बर वडा कार्यालय रहेको क्लबका सह–सचिव रविन जोशीले बताए ।
स्व. हरि प्रसाद जोशी क्लबका सह–सचिव रविन जोशीको पिता हुन् । स्व. जोशीको स्मृतिमा क्लबले प्रत्येक वर्ष निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij